केबीसीमा अमिताभ बच्चनले फेरि सोधे नेपालको नयाँ नक्साबारे विवादित प्रश्न

असोज २४, काठमाडौं। भारतीय रियाली शो कौन बनेका करोडपति (केबीसी) भारतीय च्यानल सोनीबाट प्रशारण हुन्छ। त्यसका प्रस्तोता हुन बलिउड सुपर स्टार अमिताभ बच्चन। उनकै कारण केबीसी निकै चर्चित पनि छ। पछिल्ला एपिसोडमा अमिताभले नेपालबारे प्रश्नहरु सोधिरहेका छन्।

पछिल्लो एपिसोडमा उनले नेपालको नयाँ नक्साबारे प्रश्न गरेका छन्। उनले कुन देशले २०२०मा नयाँ नक्सा बनाएर लिपुलेक, कालापनी र लिम्पियाधुरा समेटेको छ ? भनेर प्रश्न सोधेका छन्। प्रश्नमा ती भूमिहरु भारतीय भूमि भनिएको छ। जबकी ती भूमि नेपाली रहेको ऐतिहासिक तथ्यले देखाउँछ।

अमिताभले केबीसीमा सोधेको प्रश्न भारतीय दावीमात्र हो, जसलाई नेपालले अस्वीकार गरिरहेको छ। त्यसो त अमिताभले यसअघि पनि केबीसीमा भारत र नेपालको अन्तर्राष्ट्रिय सीमा सुगौली सन्धिअनुसार कुन नदीले निर्धारण गर्छ भनेर प्रश्न गरेका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.