असोज २३, बुटवल । लुम्बिनी प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि भएकोे छ । मन्त्री केसीका स्वकीय सचिव पवन कुँवरका अनुसार शुक्रबार उहाँलाई संक्रमण पुष्टि भएको हो ।
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको द्रुत स्वाव परिक्षणपछि बिहान ११ बजे आएको नतिजामा कोरोना पोजिटिभ देखिएको हो । संक्रमण पछि मन्त्री केसी अहिले मन्त्रालयकै निवासमा आइसोलेसनमा बस्नु भएको छ । उहाँमा रुघाबाहेक कुनै समस्या नरहेको मन्त्रालयको नीजी सचिवालयले जनाएको छ ।

