एकै पटक ७५ जनालाई मृत्युदण्डको सजाय

एजेन्सी । इजिप्टको एक अदालतले ७५ जनालाई मृत्युदण्डको फैसला सुनाएको छ । मुश्लिम ब्रदरहुडका नेताहरूसहित विभिन्न ७५ जना अतिवादी इश्लाम धार्मिक अनुयायीहरूलाई मृत्यदण्डको फैसला सुनाएको हो ।

इजिप्टको कानून अनुसार फैसलालाई कार्यान्वयनमा लैजान सादा पोशाकधारी अन्य सरकारी अधिकारीको पनि परामर्श लिनुपर्ने प्रावधान रहेको छ । मृत्युदण्डको फैसलाविरुद्ध पुनरावेदन गर्न पाउने पनि कानूनी व्यवस्था रहने छ ।

आन्दोलनको बलमा पदच्युत गरिएका इश्लामिक राष्ट्रपति मोहमद मोर्सी र सुरक्षाकर्मीबीच सन् २०१३ मा भएका झडपहरूमा प्रहरीको हत्यामा संलग्नता रहेका तथा सार्वजनिक सम्पत्ती हिनाविना गरेको आरोपमा मुद्दा लागेका ७१३ जनामध्ये ७५ जनालाई शनिबार मृत्युदण्डको सजाय सुनाइएको हो । आधुनिक इजिप्टको इतिहासमा भएको कहालीलाग्दो उक्त झडपमा उक्त समय करिब ७०० इजिप्टेली नागरिकको मृत्यु भएको थियो ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.