ताप्लेजुङको ओलाङचुङगोलामा सशस्त्र प्रहरी बलको बीओपी स्थापना

असोज २२, ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको फक्तालुङ्ग गाउँपालिका ७ स्थित ओलाङचुङगोलामा सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ।

संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई, गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी लगायतको उपस्थितिमा बुधबार बीओपी स्थापना भएको हो। सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गुल्म ताप्लेजुङ मातहतमा स्थापना भएको सो बीओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारी र निकासी नियन्त्रण, सीमा अपराध नियन्त्रण लगायतका विविध कामकारवाहीहरुमा परिचालित हुनेछ।

सीमानाका भन्दा १२ किलोमिटर यता कञ्चनजंगा संरक्षण परिषद्को दुईवटा दुईतले घरमा स्थापना गरिएको उक्त बीओपीले बुधबारबाट दैनिक कार्य सुचारु गरेको छ। सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा आवश्यक बन्दोवस्तीका सामानसहित सो गुल्मबाट त्यसतर्फ खटिएको टोली यही असोज १८ गते साँझ त्यहाँ पुगेको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए।अन्नपूर्णबाट

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.