चीनमा अन्नबाली उत्पादन दर प्रतिव्यक्ति ४७० किलोग्राम भन्दा बढी

असोज २०, बेइजिङ । चीनमा अन्नबाली उत्पादन दरको औसत मात्रा ४७० किलोग्रामभन्दा बढी रहेको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ । यो विश्वको सरदर स्तरभन्दा बढी हो भने विश्वले मान्यता दिएको ४०० किलोग्रामको सुरक्षित रेखाभन्दा माथि हो ।

अहिलेसम्म चीनको शरद ऋतुको अन्नबालीको राम्रो फसल निश्चित भइसकेको चिनियाँ कृषि तथा ग्रामिण क्षेत्र मन्त्रालयले जानकारी गराएको छ ।अन्नबालीको कूल उत्पादन मात्रा निरन्तर छैठौँ वर्षसम्म बृद्धि हुँदै चालु वर्ष छ खर्ब ५० अर्ब किलोग्राम (६५ करोड टन) पुग्ने अनुमान गरिएको हो ।चिनियाँ कृषि तथा ग्रामिण क्षेत्र मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार, तेह्रौं पञ्च वर्षीय योजनाको पुनरावलोकन गर्दा चीनमा अन्नबालीको उत्पादन स्थिर रुपमा बढेको देखिएको छ ।सन् २०१९ मा चीनको अन्नबालीको कूल उत्पादन मात्रा छ खर्ब ६३ अर्ब ८५ करोड किलोग्राम (६६ करोड ३८ लाख टन) पुगी इतिहासको किर्तिमान सिर्जना भएको मन्त्रालयले जानकारी गराएको छ ।

ुचीनले खेतीको संरक्षण सम्बन्धी सबैभन्दा कडा व्यवस्था अपनाउँछ । चीनमा खेतीजन्य क्षेत्रफल कम्तीमा १२ करोड हेक्टर रहेको छ । चीनले स्थायी खेतीको विशेष संरक्षण गर्ने व्यवस्था चौतर्फी रुपमा पालना गर्ने गर्छ । यसका साथै चीनले अन्नबालीको उत्पादन र भटमास लगायत महत्वपूर्ण कृषि उपजको उत्पादन र संरक्षण क्षेत्रलाई वैज्ञानिक रुपमा विभाजन गरेको छ ।रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.