असोज १९, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नंं ४ स्थित राष्ट्रिय शहिद तथा शान्ति स्मृति (स्मारक) पार्कको भवनमा लायन्स आईसोलेशन केन्द्र स्थापना गरेको छ ।
काठमाडौं उपत्यकामा दिनहुँ कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको संख्य बढेसँगै आकस्मिक उपचारमा सहयोग पु¥याउने उद्देश्यले लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ ले गोकर्णेश्वर नगरपालिका संगको समन्वयमा ५० बेडको आइसोलेसन केन्द्र स्थापना गरेको हो । स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभागबाट स्विकृती प्राप्त गरेसंगै आइतबार उक्त आइसोलेसन केन्द्रको उद्घाटन गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले गरेका हुन् ।

नगरपालिका प्रमुख चालिसेले आइसोलेसन संचालनमा लायन्स संग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । कोरोना नियन्त्रण तथा रोकथाममा नगरपालिकाले गरेको प्रयासलाई स्मरण गराउँदै लयन्सले ल्याएको प्रस्तावले थप नगरपालिका तथा पीडितहरुको लागि सहयोग पुगेको उनले बताए । मेयर चालिसेले आइसोलेशनमा बस्न बाध्य भएका व्यक्तिहरुलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर एम्बुलेन्समा ल्याउँने र खाना, मनोरञ्जन तथा थप सुरक्षाको लागि सुरक्षाकर्मीहरुको व्यवस्थापन गर्ने बताए ।

त्यस्तै गोकर्णेश्वर नगरपालिका वडा नंं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले आइसोलेशन सेन्टरले पाँहुच र सिफारिसमा भन्दा पनि अति आवश्यकता व्यक्तिलाई मात्र राख्ने व्यवस्थामा जोड दिए । आइसोलेशन केन्द्रको उद्घाटन कार्यक्रममा लायन्सका थुप्रै पदाधिकारीहरुले मन्तव्य राखेका थिए ।

काठमाण्डौँ लायन्स आइसोलेसन केन्द्रका संयोजन मल्टिपल डिष्ट्रिक्ट ग्लोबल सर्भिस टिम कोअर्डिनेटर पूर्व गभर्नर लायन अनन्त प्रसाद भेटुवाल को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ग्लोबल एक्सन टिम लिडर लायन खगेन्द्र सिटौला, लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ,फर्स्टलेडी मनमाया श्रेष्ठ, सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्मा गुरुङ, पुर्व डिस्ट्रिक गभर्नर एबम मल्टिपल हंगर रिलिफ कोर्डिनेटर लायन कुमार राज सुवेदी, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, महानगरीय वृत्त बौद्धका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नबिन कार्की, यज्ञडोल सामुदायिक बनका अध्यक्ष सुर्दशन सिग्देल, लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ क्याबिनेट सेक्रेटरी लायन बिमल कुमार श्रेष्ठ लगायत लायन्स क्लबका पदाधिकारी र लियो लिडर तथा सदस्यहरुको सहभागी थिए ।


