आकाशमा मेरा साथी कति राम्रा तरा
तारा जस्तै बनी हामी घुमेका छौँ सारा
मनिसको काम हेर पौरखको खेती
खेती गर्दै रमाउँला अन्न बाली रोपी ।।
मैले राम्रो काम गरे उब्जनी त्यो हुन्छ
मैले ज्ञान बीज छरे संसार यो हाँस्छ
पाखुरी छन् मेरा साथी कर्मरेखा कोरी
अघि बढ्छु यहाँ म त नेपालकी छोरी ।।
मैले एक गाँस छोडे गरीवलाई पुग्छ
मैले रम्रो मार्ग हिँडे बालकले सिक्छ
मभन्दा नि साना साना भाईबहिनी साथ
मिलीजुली म खेल्दै छु समाऊ मेरो हात ।।
सलिना थापा
कक्षा – ९
ज्ञानदीप शिक्षा सदन
(सहकार्य मासिक पत्रिकामा प्रकाशित रचना)

