राष्ट्रिय अभिलेखालय प्राथमिकतामा पर्न सकेनः मुख्यमन्त्री पौडेल

असोज १८, वागमती । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकका लागि आवश्यक पर्ने ऐतिहासिक अभिलेखहरूको सुरक्षा र संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएका राष्ट्रिय अभिलेखालय प्राथमिकतामा पर्न नसकेको बताएका छन् ।

राष्ट्रिय अभिलेखालयको ५३ औं स्थापना दिवसको अवसरमा आज आयोजित भर्चुअल कार्यक्रममा उनले भने, “धर्म, दर्शन, इतिहास तथा दुर्लभ हस्तलिखित ग्रन्थको सङ्कलन तथा संरक्षणका लागि २०२४ मा स्थापित राष्ट्रिय अभिलेखालयको सम्वद्र्धनका लागि सरकार गम्भीर हुनुपर्छ ।” मुख्यमन्त्री पौडेलले अभिलेखालयको महत्व, सुरक्षा र संरक्षणका बारेमा अधिकांशको चासो पुगेको देखिएको छैन भन्दै अभिलेखालयका प्राचीन अभिलेख र वस्तु अमूल्य सम्पत्ति हुन् ।

यसको सुरक्षा, संरक्षण र प्रभावकारी व्यवस्थापन हुनुपर्नेमा जोड दिए । अभिलेखालयमा रहेका ऐतिहासिक अभिलेखहरूको सुरक्षा र संरक्षणका लागि प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने बताउँदै उनले मुलुकका तीन वटै तहका सरकारले पनि महत्वपूर्ण अभिलेखहरु सुरक्षित राख्नुपर्ने र यसका लागि अहिलेदेखि नै गम्भीर हुनुपर्ने आवश्यकता रहेको बताए । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.