साम्राज्यवादले ठूलो विपत्तितर्फ डोर्‍याउँदैछः वरिष्ठ नेता खनाल

असोज १७, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले सामाज्यवादी शक्तिले विश्वलाई ठूलो विपत्तितर्फ डोर्‍याइरहेको बताएका छन् ।

विश्व ट्रेड युनियनको ७५ औं स्थापना दिवसको सन्दर्भमा आफ्ना धारणा राख्दै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेतासमेत रहेका खनालले निजीकरण र पुँजीवाद नै विश्वको ठूलो समस्या भएको बताएका हुन् । “ट्रेड युनियन क्षेत्रका हकअधिकार कुण्ठित तुल्याउन विश्व साम्राज्यवाद, एकाधिकार पुँजीवादले धेरै ठुल्ठूला भूमिकाहरू खेलेको छ । ठूलाठूला कर्पोरेशनहरूलाई निजीकरण गरिएको छ ।

विभिन्न सेवादायक उद्योगहरूलाई पनि निजीकरण गरिएको छ,” कार्यक्रममा बोल्दै नेता खनालले भने, “निजीकरणले मात्रै अहिले देखा परेका समस्या समाधान गर्न सक्छ, देशको अर्थतन्त्र विकसित हुनसक्छ भन्ने हिसाबले जुन प्रकारको मिथ्या प्रचारका आधारमा उनीहरू अगाडि बढेका छन, त्यसले मानवजातिलाई अर्को ठूलो विपत्तिमा धकेलिरहेको छ ।”नेता खनालले विश्व व्यवस्था नै अहिले समाजवादमा हिँडिरहेको जिकिर गरेका छन् । एकाधिकार पुँजीवादले समाधान दिन नसकेको समाजवाद निर्विकल्प बनेको पनि जिकिर गरे ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.