असोज १६, बुटबल । प्रदेश पाँचको नाम लुम्बिनी र राजधानी दाङमा राख्ने प्रस्ताव प्रदेश सभा बैठकमा पेस भएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकमा यो प्रस्ताव पेस गरिएको छ । प्रदेश सभाको अर्को बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ ।
प्रदेश पाँचको राजधानी र नामाकरणबारे आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले यो प्रस्ताव गरेका छन् । राजधानी भने दाङको देउखुरी क्षेत्रमा रहने प्रस्ताव पनि गरिएको छ ।

