इराक घटनालाई सम्झेर रिजनले ल्याए ‘दशैँ’ गीत ( भिडियो )

असोज १६, काठमाडौँ । १६ वर्ष अघि इराकमा १२ नेपालीको बिभत्स हत्या गरिएको सत्य घटनालाई आधार बनाएर गायक रिजन गिरीले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘दशैँ’ सार्वजनिक गरेका छन्।

यस गीतमा गायक रिजन गिरी र उनकी आमा गंगा गिरीको शब्द, संगीत र स्वर रहेको छ। यस गीतलाई सम्पुर्ण ताम्राकारले संगीत संयोजन गरेका हुन्। खुशी र सुखी हुने सपना देखेर परदेशिएका नेपालीहरुको भावना यस गीतमा सुन्न सकिन्छ। म्युजिक भिडियोमा वरिष्ठ कलाकार लक्ष्मी गिरी , कुशेन्द्र पुरुष ढकाल , रिजन गिरी र एलिजा न्यौपाने गिरीको मुख्य भुमिका रहेको छ भने अन्य धेरै सहायक कलाकारहरुको अभिनय म्युजिक भिडियोमा देख्न सकिन्छ।

सृजन प्रजापतिले छायांकन गरेको भिडियोलाई निश्चल जंग कार्कीले सम्पादन गरेका हुन्। रिजन गिरीको परिकल्पना र कथा रहेको यस भिडियोलाई अनिल न्यौपानेको निर्देशनमा तयार पारिएको हो। गायक गिरीकै युट्युव च्यानल रिजन गिरी मार्फत भिडियो सार्वजनिक भएको हो। गायक गिरीले अग्रिम रुपमा सबै नेपालीहरुलाई दशैँको शुभकामना समेत व्यक्त गर्दै यस भिडियोलाई हेरेर प्रतिक्रिया दिन हुन् सम्पुर्ण दर्शक, स्रोतालाई आग्रह गरेका छन्।

https://youtu.be/B8wvU3v_bcY

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.