साउन १२, काठमार्डौ । पूर्व उद्योग मन्त्री महेश बस्नेतलाई बानेश्वरको देउराली क्लबले गुरुपूर्णिमाको अवसर पारेर शुक्रबार पूर्व खेलाडीका रुपमा सम्मान गरेको छ ।
उनले सो अवसरमा भक्तपुरबाट बानेश्वरको सो क्लबमा नियमित रुपमा ट्रेनिङ्ग गर्न आउँदो स्मरण गरेका थिए । ‘भक्तपुरबाट ट्रलिबसमा झुन्डिएर ट्रेनिङ्गका लागि देउराली क्लबमा आउने गर्दथियौं,’ उनले भने, ‘आज लामो समयपछि क्लबले सम्झेकोमा म निकै खुसी छु ।’ क्लबबाट राष्ट्रिय अन्तर्राष्ट्रिय खेलमा सहभागी भएका खेलाडीलाई क्लबले सम्मान गरेको हो ।
जसमा लिलेन्द्र प्रसाद प्रधान, सिंहबहादुर राणा, निर्मल शर्मा, दुर्लभ कार्की, श्याम श्रेष्ठ, आशिष विष्ट, सचिन मल्ल र दामोदर सत्याल रहेका छन् । क्लबले आज हामीलाई सम्झियो । २७÷२८ साल सम्झाइदियो । अब यसले खेल र सामाजिक क्षेत्रमा अझ राम्रो काम गरोस्,’लिलेन्द्र प्रसाद प्रधानले भने । क्लबका अध्यक्ष अर्जुन रानामगर, देउराली डोजाका राजेन्द्र जोशी, कराते महासंघका महासचिव हरिशरण केसी, प्रशिक्षकहरु कुशल श्रेष्ठ र तारा गुरुङको उपस्थिति थियो ।