‘लोकतान्त्रिक संस्था बलियो हुनुपर्छ’

असोज १४, काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले लोकतान्त्रिक संस्था बलियो र निष्पक्ष हुनुपर्ने बताउनुभएको छ । उहाँले नेपालको राजनीतिक परिवर्तनमा शहीदको योगदान अतुलनीय रहेकाले उहाँहरूले बगाएको रगत साक्षी राखेर लोकतान्त्रिक अभ्यास अगाडि बढाउनुपर्ने भनाइ राख्नुभयो ।

शहीद स्मृति प्रतिष्ठान केन्द्रीय समितिले मङ्गलबार आयोजना गरेको ‘शहीदको बलिदान र वर्तमान राजनीतिक परिवेश’ विषयक भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै डा। यादवले न्यायमा नागरिकको पहुँच हुनुप¥यो र आर्थिक विकासको लाभ सबैले पाउनुप¥यो भन्नुभयो ।शहीद लीला, ठगी, खगेन्द्र र गोकर्णले ललितपुरको नख्खुमा शहादत प्राप्त गरेको दिनको स्मरणमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्नुहुँदै पूर्व राष्ट्रपति यादवले जनआन्दोलनले राजनीतिक परिवर्तन त ल्यायो तर शान्ति प्रक्रियाको टुङ्गो अझै लाग्न बाँकी रहेको चर्चा गर्नुभयो । कार्यक्रममा उपसभापति विमलेन्द्र निधिले राजनीतिक बन्दीजीवनकै क्रममा अघिल्लो दिन बिहानको ३ बजेसम्म लीला दाहालसँग संवाद भएको र अर्को दिन लीला, ठगी, गोकर्ण, खगेन्द्रलाई गोली हानेर मारिएको स्मरण गर्नुभयो ।

२०३३ साल असोज १३ गते जेल सार्ने बहानामा चारै जनालाई गोली हानेर मारिएको थियो । पूर्व सभामुख दमननाथ ढुङ्गानाले राज्यले सबैलाई जसरी न्याय दिनुपर्दथ्यो, त्यो दिन नसकेको अवस्था छ, शान्ति प्रक्रिया अन्तिम निष्कर्षमा पु¥याउन सत्तारुढ दलका साथै काँग्रेसले विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.