सरस्वती डोजो द्वारा गुरुपुजा कार्यक्रम सम्पन्न

साउन १२, काठमाडौं । नेपाल वादोरियो कराते डो संघ शाखा डोजो सरस्वती र मनकामनाले संयुक्त रुपमा गुरुपुजा कार्यक्रम सम्पन्न गरेका छन।

गुरुपुजाको अबसर पारेर सरस्वती स्कुलमा आयोजित कार्यक्रममा सरस्वती डोजोका प्रमुख प्रशिक्षक पुरुषोत्तम पोखरेल,मनकामना डोजोका प्रमुख प्रशिक्षक निमा तामाङ,प्रज्ञा सदन डोजो थलीका प्रशिक्षक राज कुमार तामाङ,बाल सृजनालय डोजो कि प्रशिक्षक रोएकता सिंह,माउन्ट युराल डोजोकी प्रशिक्षक सृजना तामाङ,सरस्वती स्पोर्ट्स क्लबका उपाध्यक्ष अस्मिता रसाइली,सचिब सुबोध तिमिल्सिना,सह सचिब दिनेश तामाङ,सदस्य रोजिना थापा,शरु केसी लगाएत,विभिन्न डोजोका १५० भन्दा बढी खेलाडी हरुको सहभागिता रहेको थियो। खेलाडीहरु लाई डोजोका प्रशिक्षक ज्यु हरुले टीका र आशीर्वाद प्रदान गरेका थिए।

 

शुभकामना मन्तव्य राख्दै सरस्वतीका प्रशिक्षक पुरुषोत्तम पोखरेलले खेलाडीहरु जहिल्यै अनुशासनको भोको रहनुपर्ने र गुरु लाई सबैभन्दा ठूलो उपहार अनुशासन र उत्कृष्ट खेलाडी बन्न सके पुग्ने बताउनु भयो। सिनियर खेलाडीहरुले यस्ता कार्यक्रमको नेतृत्व गर्दा नयाँ पुस्ताका लागि पाठ हुने भन्दै कार्यक्रम आयोजनाको नेतृत्व लिने खेलाडीहरु लाई धन्यवाद ज्ञापन गर्नु भयो।

बिहान नेपाल वादोरियो कराते डो संघको मेन डोजो चक्रपथमा प्रमुख प्रशिक्षक हरिशरण केसी,वरिष्ठ प्रशिक्षक सुर्य राई,चित्र प्र श्रेष्ठ,रमेश ढुङेल,सन्तोष माझी,नेत्र भुजेल,अङ्क्ध्वज मोते,सिमोन खत्री लगायत सिनियर प्रशिक्षक ज्यु हरु सङ गुरु पुजा मनाएका थिए। भने,बेलुका जोरपाटीको सरस्वती स्कुलमा मनाएका थिए।

Satkar Media House
Leave A Reply

Your email address will not be published.