डा. गोविन्द केसीलाई अन्र्तराष्ट्रिय स्तरकै सम्पत्तिको रुपमा स्वीकार्नुपर्छ – कलाकार सिम्खडा
असोज १३, काठमाडौँ । कलाकार तथा समाजिक अभियन्ता श्रीकृष्ण सिम्खडाले स्वास्थ्य क्षेत्रमा रहेका भ्रष्टचार र अमिमियतता अन्त्य गर्न आवाज उठाउँदै आएका वरिष्ठ प्राध्यापक डाक्टर गोविन्द केसीलाई अन्र्तराष्ट्रिय स्तरकै सम्पत्तिको रुपमा स्वीकार्नुपर्ने बताएका छन् ।
मानव स्वास्थ्यसंग जोडिएका अति संवेदनशील क्षेत्रमा समेत भ्रष्टचार र अनिमियतता गरेको भन्दै माफियहरुलाई अन्त्य गर्न लागि परेका सच्चा देशभक्त डा. केसीले उठाउँदै आएको मागलाई सरकारले तत्काल सम्बोधन गर्न माग गरेका छन् ।
‘डा. केसीको माग आम नेपाली नागरिकहरुको हितका लागि रहेको छ उनी नेपालको मात्र नभई अन्र्तराष्ट्रिय स्तरकै सम्पत्ति हुन्’ – कलाकार सिम्खडाले भने । ‘केसीले उठाएको माग बृहत स्वास्थ्य क्षेत्रको लागि स्पष्ट छ । उनी निःस्वार्थी व्यक्ति हुन्, उनले उठाएका मागहरुमा सरकार गम्भीर हुनुपर्दछ ।’
कलाकार श्रीकष्ण सिम्खडा भन्छन्– ‘केसीलाई स्वास्थ्य क्षेत्रका माफियाहरुले देखि सहदैनन् , उनको लडाई माफियाहरुको विरुद्धमा केन्द्रित छ, प्रगाति चाहाने सरकारले उनको मागलाई चाँडो सम्बोधन गरी सम्मान गर्नुपछर्दछ ।’ गरीबको पहुँचमा स्वास्थ्य डा. केसीको माग रहेको र कुनै दल विशेष बनेर नहिडेको व्यक्ति आम नागरिकको धड्कन भएको बताए । जुनसुकै पार्टीका सरकार भएको बेला पनि आफ्नो माग राखेका आएका डा. केसी एउटा युग हुन् । युगमा यस्ता मान्छे विरालै जन्मन्छन् । उच्च सोचका धनि डा. केसीमाथी पटक– पटक भएको अमार्यदित व्यवहारप्रति खेद प्रकट गर्दै उनको मागलाई तत्काल सम्बोधन गर्न सरकारलाई अपिल गरेका छन् । साथै कलाकार सिम्खडाले केसीको मागप्रति आफ्नो समर्थन रहेको जनाउँदै आम जनमानसलाई पनि डा. केसीको पक्षमा उभिन र उनलाई सम्मान गर्नको लागि अह्वान गरे ।

