असोज ११, काठमाडौँ । हिसान काठमाडौँका सचिव तथा जया मल्टिपल क्याम्पस प्रमुख भवानी प्रसाद पौडेलले नीजि शैक्षिक संस्थाहरुले नियमित गर्दै आएको हरेक गतिविधि अगाडी बढाउन कसैले रोकेर रोकिने अवस्था नभएको बताएका छन् ।
विद्यार्थीले पढ्न पाउने, सिक्न पाउने र सिर्जनशील बन्ने कार्यक्रम नीजि स्तरका शिक्षालयहरुले गर्दै आएको र त्यसलाई निरन्तरता दिनुपर्ने बताउँदै लकडाउनकै नाममा सरकारले नीजि क्षेत्रबाट सञ्चालित शिक्षालयहरुको गतिविधिलाई हस्तक्षेप गरी स्पष्टीकरण सोधिने जस्ता कार्यहरु शैक्षिक क्षेत्रको विकास र सुधारमा बाँझो हाल्ने कार्य मात्र भएको उल्लेख गरेका छन् ।
त्यस्तै विभिन्न शैक्षिक संस्थाहरुले पनि आफ्नो शिक्षालयको प्रचारप्रसार गर्दा वर्तमान शिक्षा नीति र अवस्थालाई नबुझिकन विद्यार्थी तान्ने परिपाटी मात्र बसाल्दै आएको आरोप लगाएका छन् । ११ र १२ लाई माध्यमिक तहको मान्यता दिईसकेकोले + २ कलेज भनेर प्रचार गरी विद्यार्थी र अभिभावकलाई भ्रममा पार्न नहुने बताएका बताए ।
भिडियोमा हेर्नुस् ।

