छतबाट खसेर मृत्यु

असोज ९, राटनगर । झापाको बिर्तामोड ५ मा मामाघर आएकी एक बालिकाको छतबाट लडेर मृत्यु भएको छ ।

घरको छतबाट झर्दा १३ वर्षीय कृतिका भण्डारीको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । गएराति १० बजे खाना खाइसकेपछि घरको छतमा गई तल हेर्ने क्रममा अचानक लड्दा कृतिका सख्त घाइते भएकी थिइन् । उनलाई तत्काल उपचारार्थ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ । उनी पाँच दिनअगाडि मात्र काठमाडौंबाट मावली घरमा आएकी थिइन् । उनी चारतला माथिबाट खसेकी थिइन् ।

रुखको हाँगाले लागेर मृत्यु
यसैबीच सुनसरीको धरान १४ दुईधारे बस्‍ने विष्णु राईको ३ वर्षीया छोरी एबिसाको रुखको हांगाले लागेर मृत्यु भएको छ ।आफ्नै घरअगाडि हिँडिरहेको अवस्थामा एक्कासि रुखको हाँगा झरेर टाउकोमा लाग्दा एबिसा सख्त घाइते भएकी थिइन् ।धरानबाट थप उपचारको लागि न्युरो अस्पताल विराटनगर पठाएकामा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घटनामा सँगै रहेकी उनकै दिदी ८ वर्षीया नेबिसा राईसमेत रुखको हांगाले लागेर घाइते भएकी थिइन् । उनको बीपी प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.