एकै दिन १७ जना थपिए, कोरोनाबाट नेपाल मृत्यु हुनेको संख्या हालसम्मकै उच्च

असोज ८, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको छ । आज मात्र १७ जनाको मृत्यु भएको छ । बुधबार ७ जनाको मृत्यु भएको थियो । मंगलबार २ जनाको मृत्यु भएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ । आज १ हजार ४९७ जना थपिएका छन् । बुधबार १ हजार १७२ जना थपिएका थिए । मंगलबार १ हजार ३५६ जना थपिएका थिए । कोरोनाबाट देशभर निको हुनेको संख्या ५० हजार ४११ पुगेको छ । आज निको हुनेको संख्या ४५७ छ । बुधबार १ हजार ८९३ जना निको भएका थिए । मंगलबार ८२३ जना निको भएका थिए । आज सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ छ । आजको पिसिआर परिक्षण ११ हजार ४४९ रहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.