पछिल्लो समयमा मूलुकमा भएको भ्रष्टचार, सामाजिक अपराध र राजनैतिक नेतृत्वमा देखिएको गलत प्रवृत्ति तोड्न सबै मिल्नुपर्ने पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालको भनाई छ । देश र जनताको हितकालागि भ्रष्टचारको जालो तोडेर सुशासन कायम राख्न संगठन प्रमुख भएको बेला निकै लोकप्रिय काम गरिसक्नु भएका पूर्व प्रहरी महानिरिक्षक खनालसँग समसामयिक विषयवस्तुमा प्रारम्भ खबरले गरेको कुराकानीमा आधारित सम्पादित अंशः
सांगठनिक अनुभव
प्रहरी संगठनबाट आफुले देश र जनताको हितमा काम गर्न सिकेको अनुभव सुनाउनुहुन्छ । राज्य व्यवस्था चलाउने शासकहरु इमान्दार भएमा देशमा सुशासन कायम हुने र छिटै कायपलट हुनेमा उहाँको विश्वास छ । राजनीति समाजका लागि हुनुपर्ने तर नेपालमा स्वार्थका लागि राजनीतिक सिण्डिकेट गर्ने प्रवृत्ति हावी रहेको खनालको तर्क छ । राजनीतिक सिण्डिकेट नतोडी नेपालमा स्वस्थ राजनीतिक संस्कृति विकास हुन सक्दैन । राजनीतिक सिण्डिकेटमा रमाउने बदमासहरूले राजनीतिमा विकृति विसंगति बढाएका छन् ।
मैले प्रहरी संगठनमा बसेर त्यस्तो सिण्डिकेट तोडे । केही समय पहिले त्यसका पराकम्पहरू आए । उहाँ भन्नुहुन्छ– ‘सबै क्षेत्रमा विद्यमान विकृति विसंगति तोड्न सबैको साथ सहयोग लिएर अगाडि बढ्नुपर्छ भन्ने मान्यतामा टेकेर काम गर्ने मेरो आफ्नै कार्यशैली छ । विकृति विसंगतिको जरा तोड्न नीति–नियम, कानून र धर्मअनुसार चल्नुपर्छ । जिम्मेवार संगठनमा बसेपछि विकृति, विसंगति विरुद्ध कडा कदम चाल्नुपर्छ । हाम्रो देशमा जनतालाई भुलभुलैमा पारेर राजनीति गर्नेहरूले आफ्नो स्वार्थको लागि जनतालाई रैति बनाएका छन् । जनताहरू भ्रष्टबाट शासित हुनुपर्ने अवस्था बनाइएको छ ।’
खनालका अनुसार– राजनीति देश र जनतालाई केन्द्रमा राखेर गर्नुपर्छ । दलाल माफियाहरूबाट परिचालित नेताहरूले जनताको हितमा काम गर्न सक्दैनन् । भ्रष्टचार भयो भन्नु एउटा कुरा हो । भ्रष्टचार छानविन गर्नु अर्को पक्ष हो । भ्रष्टचार निर्मूल गर्न “जेरो टलरेन्स” नीति कडाइका साथ लागू हुनुपर्छ । कडा कानून बनाएर मृत्युदण्डको सजाय दिनुपर्छ ।
नीतिगत भ्रष्टचार गरी देश डुबाउने, राजनीतिको नाममा मनपर्दी चलखेल गर्ने राष्ट्रियता विरुद्ध काम गर्ने प्रवृत्तिले देशको राजनीतिलाई धमिलो बनाएको छ । स्वार्थको लागि दल त्याग गर्ने, भ्रष्टचार गरेको पैशाले राजनीतिमा पकड जमाउनेहरूलाई निम्ट्यिान्न नपारेसम्म देशको राजनीति स्वस्थ बन्दैन । राजनीति शुद्ध भए अन्य पक्षहरू स्वतःशुद्ध हुन्छन् । उहा भन्नुहुन्छ – ‘राजनीतिमा साम, दाम, दण्ड, भेद जेसुकै गर्न तयार रहने अराजक, अराष्ट्रिय तत्वले मलाई पनि विवादित बनाउने प्रयास गरे ।’
आरोपबारे यस्तो भन्नुहुन्छः
जनता समाजवादी पार्टीका सांसद तथा भूतपूर्व राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव आफ्नो पिएसओ, स्वकिय सचिव र मामासहित ७ जना काठमाडौं जान आफ्नै गाडीमा आएका हुन् । उनी सेतो कुर्ता लाएर, ब्याग लिएर मन्त्री बन्न काठमाडौं जाँदैछु भनेर घरबाट हिँडेका थिए । हामीलाई आफ्नै घरमा खाना, खाजा खुवाएर स्वागत गरेर आफ्नै गाडीमा चढाएर काठमाडौं जानका लागि हिडेको र जनकपूरबाट ५२ कि.मि. वर आएर समाजवादी दलकै अर्का नेता तथा सप्तरी जिल्लाका प्रतिनिधिसभा सदस्य डा. सूर्य नारायण यादवसँग कुरा गर्न फेरि जनकपुर पुगेका थिए । जनकपुरमा वार्ता भएर मन्त्री हुन जान्छु भनि बाराका सम्धीसँग कुराकानी गरेका थिए । मन्त्री हुन आएको मान्छे रातारात पार्टी एक भएपछि फेरि अर्को राजनीतिक खेलमा लागे । यो त राजनीतिक विचलन भएको अनैतिक मान्छेले गर्ने कार्य हो । पार्टीका प्रमुख सचेतक आफैं गएको थियो । षड्यन्त्र भएको भए उसैले गरेको छ । काठमाडौं आएर पूर्व राज्यमन्त्री पाँच तारे होटलमा सुतेका छन् । भोलीपल्ट उनकै कार्यकर्ताले होटलमा तर्साएर जर्बजस्ति होटलबाट लगेका छन् । मन्त्रि बन्न बिदावारी भएर आएका मान्छेले सहानुभूति पाउन झुटो बोले । यस्तो सन्दर्भमा हेर्ने हो भने अराजक, अनैतिक मान्छेहरूले सोझा–साझा जनतालाई झन् कति धेरै दुःखदिएका होलान् ?मनन गर्नुपर्ने स्थिति छ ।
प्रहरी संगठनमा रहदाँ गरेका लोकप्रिय कार्यः
मैले प्रहरी संगठन भित्र बसेर देश र जनताको हितमा धेरै काम गरेको छु । मेरो समयमा संगठनमा राजनीति हस्तक्षेप हुनपाएन । संगठन सञ्चालनमा कुनै राजनीतिक हस्तक्षेप भएन । प्रधानमन्त्रीबाट पनि कुनै हस्तक्षेप भएन । गृहमन्त्रिका भाईलगायत ठुलै मान्छेहरू कानूनी कारवाहीको दायरामा मैरै समयमा ल्याइएका उदाहरण पनि छन् । मैरै समयमा राष्ट्र विखण्डनमा लागेका भनिएका सि.के. राउत समातिए, विप्लवका गतिविधिहरू नियन्त्रण भयो । तराईमा च्याउसरी उम्रिएका सशस्त्र समुहहरु र देशमा व्याप्त डन संस्कृतिलाई सशक्त कारवाही गरेर अन्त्य गरें । सर्लाहीका हजारौँ स्थानीयहरुलाई मिटर ब्याजमा ऋण दिई ठगी गर्ने श्याम परदेशी, रामबाबु राय र ब्रहमपुरीका सञ्जय शाह रौनियार लगायत धेरै अपराधीलाई कारवाही गरें । अन्र्तराष्ट्रिय फुटलबलमा म्याचफिक्सिङ गर्नेहरुलाई कारवाही गरेपछि नेपाली टिमले प्रतियोगिताहरु जित्न थाल्यो । ५६ पेट्रोलपम्पहरुलाई छापा हानेपछि आयल निगम नाफामा गयो ।
भ्रष्टाचार विरुद्ध ‘जिरो टलरेन्स नीति’लागू
खनालले १२ वर्षअघि इँटाभट्टामा जलाएर धेरै जनाको हत्या गरेका आरोपित अफताव आलमलाई थुन्नेदेखि प्रहरीलाई घुुस दिनेलाई समेत समातेर कारवाही गरेर सहासिक कार्य गर्नु भएको छ । भ्रष्टाचार विरुद्ध जिरो ‘टलरेन्स नीति’लागू गरेर घुस लिने प्रहरी अधिकारीलाई समेत कारवाही गरेपछि प्रहरी संगठनभित्र धेरै सुधार भएको छ । उहाँकै समयमा नेपालप्रहरी संगठन भित्रआन्तरिक सुदृढीकरण र सुशासन कायम गरी पूर्व महानिरिक्षक खनालकै समयमा ७५५ वटा शौचालय निर्माण र ब्यारेक बने । संस्थागत रुपमा ट्राफिक प्रहरीले भत्ता पाउने व्यवस्थासमेत भएको थियो ।
ब्यूरो स्थापना
साइबर ब्युरो स्थापना, मानव बेचविखन नियन्त्रण ब्युरो स्थापना र समुदाय प्रहरी साझेदारीको प्रभावकारी कार्यान्वयनमा जोड दिनु भयो । महिला हिंसा विरुद्ध आक्रामक रुपमा काम भयो । ४१ जिल्लाका महिला सञ्जालले समेत समुदाय प्रहरी साझेदारीको प्रभावकारीता देखेर अभियानको प्रशंसा गरेका थिए ।
अपराधिको जालो तोड्ने कार्यमा सफल
गुण्डा प्रवृत्ति, दानवीय प्रवृत्ति, अपराधीको जालो तोड्ने कार्यमा सक्रिय भूमिका निभाउनु भएका कुशल व्यक्तित्व खनालले यातायात क्षेत्रमा देखिएको सिण्डिकेट तोड्नु भयो । त्यसपछि आम नागरिकलाई यातायात सुविधा पाउन सहज भएको थियो । कर्णाली प्रदेशका मन्त्रीको उपस्थितिमा अमानवीय हिसाबले बनेका छाउगोठहरु भत्काउने, बालविवाह, दाइजोप्रथा विरुद्ध धेरै कार्यहरु सफलतापूर्वक सम्पन्न भए ।
उहाकै कार्यकालमा चिनियाँ राष्ट्रपतिको २२ वर्षपछिको भ्रमण, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको २ पटक नेपाल भ्रमण, बिमस्टेक सम्मलेन, इन्भेष्टमेन्ट समिट जस्ता राष्ट्रिय, अन्तराष्ट्रिय ठूला कार्यक्रमहरुमा सुरक्षा प्रवन्धमा कुनै खोट बिना सफलतापूर्वक सम्पन्न भए । सार्क खेलकुदको सुरक्षा संयोजकको भूमिका सफलतापूर्वक सम्पन्न गर्नु भएको थियो । अन्तरराष्ट्रिय स्तरकाजापान, मलेसियामा ए.एफ.सी.मा नेपालप्रहरीले सुशासन पुरस्कार प्राप्तग¥यो । आम सर्वसाधारणहरुले लिने “क्यारेक्टर सर्टिफिकेट”डिजिटलाइजेसन गरेपछि प्रक्रिया पारदर्शी भयो । जनतालाई सर्टिफिकेट लिन धेरै सजिलो भयो । मानव बेचविखनमा संलग्नहुने गरेको आरोप लागेका एजुकेशनल कन्सल्टेन्सी र म्यानपावर जस्ता संस्थागत संयन्त्रलाई मर्यादित र वैधानिक अभ्यासमा जोड्न कडा कदम चालिएको थियो ।
विद्युतप्राधिकरणमा कुलमानको नेतृत्व सफल हुुनुमा भूमिका
अहिले नेपालविद्युत् प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङको चर्चा व्यापक रहेको छ । खनाल भन्नु हुन्छ ‘कुलमानलाई कुलमान बनाउन धेरैले सहयोग गरेका छन् । त्यसमा मेरो पनि महत्वपूर्ण हात रहेको छ । विद्युत् चुहावटमा संलग्न, मिटरमा फ्रड गर्ने १७ जना कर्मचारीलाई जेल हाल्ने को हो ? कुलमान घिसिङलाई प्रहरी प्रशासनको तर्फबाट हामीले पर्याप्त सहयोग गरेका छौं । प्राधिकरणका भ्रष्ट कर्मचारीलाई कारवाही गरेपछि कुलमानजीलाई काम गर्न सजिलो भयो । ’
क्षमतामा विश्वास गरेर जिम्मेवारी दिए जनताको चाहनालाई पूरा गर्छु
देश र जनताको हितमा कामगर्न सबै मिल्नुपर्छ । सबै मिलेर राम्रो काम गरौं । राजनीतिक सुदृढिकरण गरौं । सबै मिले राज्य र आर्थिक सामाजिक राजनीतिक पक्षलाई कायापलट गर्न सक्छौं । मैले लामो समय प्रहरी संगठनभित्र काम गरेको मेरो अनुभवका आधारमा देश र जनताका लागि सक्रिय जिम्मेवारी लिएर मैले अझै धेरै काम गरेको देख्न चाहने ठुलो जनसमुदाय छ । मलाई देश र जनताको पक्षका कामगर्न प्रहरी संगठनमा काम गरेको अनुशासनले पनि त्यही सिकाउँछ । सरकारले मेरो क्षमतामा विश्वास गरेर जिम्मेवारी दिए जनताको चाहनालाई पुरा गर्न सक्छु । त्यसमा कुनै प्रश्न छैन । नेपालको ठुलो समस्या भ्रष्टचार हो । भ्रष्टहरुलाई कारवाहीगर्न जिम्मेवारी पाए त्यो मेरो लागिआत्मगौरव हुनेछ । म भ्रष्टहरुलाई कारवाही गर्छु । जीवनभर देश र जनताको हितमा कामगर्न चाहन्छु ।

