साउन ११, काठामाडौं । आज राति यो शताब्दिकै लामो पूर्णचन्द्र (खग्रास) ग्रहण लाग्ने भएको छ ।
३ घन्टा ५५ मिनेट रहने यो ग्रहण नेपालबाट देख्न सकिने छ । ग्रहण राति १२ बजेर ९ मिनेटमा सुरु हुनेछ भने १ बजेर १५ मिनेटमा चन्द्रमा पुरै ढाकिनेछ । ४ बजेर ४ मिनेटमा ग्रहण सकिनेछ । राति सवा एक बजेदेखि तीन बजेसम्म भने चन्द्रमा हल्का रातो रंगको देखिने छ । यसलाई ‘ब्लड मुन’ भनिन्छ। मौसम सफा रहे राति ११ बजेर ३० मिनेटदेखि बिहान ४ बजेर ३० मिनेटसम्म ग्रहण हेर्न सकिनेछ। नासाले सम्पूर्ण एसिया, युरोप, अफ्रिका र अस्ट्रेलियाबाट पनि यो खग्रास देख्न सकिने बताएको छ । सन् १९५३ को २६ जुलाइमा २० औं शताब्दिको सबभन्दा लामो चन्द्रग्रहण (५ घन्टा २७ मिनेट) भएको थियो। यो ग्रहण १ सय १ मिनेट खग्रास थियो।
राशी अनुसार ग्रहणको असर कस्तो ? ः प.ज्यो. डा. रुद्रनाथ अधिकारी
नेपालको वर्तमान ग्रह गोचर र भविष्य तथा चन्द्र ग्रहणको समयमा कुन कुन राशीमा कस्तो प्रभाव पर्छ भन्ने बारेमा प।ज्यो।डा।रुद्रनाथ अधिकारीले छोटो विश्लेषण गर्नुभएको छ । नेपालमा चन्द्र ग्रहणको प्रभाव के छ ? श्रावण महिनाको ११ गते शुक्रबार रात्रि समय १२ः०९ मिनेटबाट सुरु भई ४ः०७ मिनेट सम्म मोक्ष समय हुने यस खग्रास चन्द्रगहण १०४ बर्ष यताको सबैभन्दा ठुलो हो । यो खग्रास चन्द्रगहण करिव ४ घण्टा सम्म रहने छ । यसले करिव ४२ दिनसम्म यस भुमण्डलमा सकारात्मक र नकारात्मक प्रभाव पारेको हुन्छ । नेपालका लागि यो ग्रहण त्यती धेरै सकारात्मक देखिदैन् ।
मकर राशिमा घटित यस ग्रहणले देशमा केहि व्यतmीहरुको प्रतिष्ठामा आच आउने, पदच्यूत हुने, अस्वस्थता र अशान्त साथै प्रतिपक्षबाट असहयोगको अवस्था सिर्जना हुन सक्दछ । राजनीतिक परिदृश्यहरुमा तरङ्गित अवस्था आउनाले राजनीतिक दलहरुमा दुरी बढेर जाने देखिन्छ । हाम्रो नेपालको वृश्चिक राशि, स्वामि मंगल र केतु संगै ग्रहगोचरमा संगै हुदा नकारात्मक संकेतको कार्लसर्प योग र अंगारक योगको सिर्जना गरेको हुन्छ । यो योगको प्रभाव भाद्र २७ सम्म रहने देखिन्छ । यसले देशमा सेना परिचालन, हुलदङगा हुने, राजनीतिक दलहरुमा विद्रोहको अवस्थाको सिर्जना गर्दछ ।
मुख्यत यो पश्चिम र दक्षिण भागमा वाढिपहिरोको ज्योखिम हुन सक्दछ । विशेषतया जुन देश प्रदेशमा यो ग्रहण देखिन्छ, विशेष परिवर्तन हुन्छ । चन्द्र ग्रहणमा कुन राशीमा कस्तो प्रभाव रहन्छ ? ज्योतिषिय मान्यताको आधारमा ग्रहणको फल राशि अनुसार राम्रो तथा नराम्रो हुने गर्दछ । कुन राशि कुन नक्षत्रमा ग्रहण लाग्यो भन्ने मान्यताको आधारमा यसको फल निर्धारण हुने गर्दछ ।
ज्योतिषिय मान्यताको आधारमा शुक्रबार राति खग्रास चन्द्रग्रहण लाग्ने भएकाले त्यसको करिव ८ घण्टा अघि देखि नै भोजन गर्नु हुँदैन । तर बिरामी, बालबालिका र बृद्धबृद्धाले भने चाहिँ खादाँ हुने बताईन्छ । ग्रहणको समयमा आउने विभिन्न किसिमका विकिरणका कारण खाना दुषित हुने वैज्ञानिक मान्यता समेत रहेको छ । ग्रहणले मानिसहरुको मन, मश्तिष्क र स्वाथ्यमा असर गर्ने हुनाले आफ्नो घरमा रहेका सामानहरुमा कुश, तुलसी राखेर त्यसको विकिरणका प्रवाभ कम गर्न सकिन्छ ।
यो ग्रहण मेष राशीलाई रोग र शोक, मिथुन राशीलाई सुख र लाभ, कर्कट राशीलाई मान नास हुने, सिंह राशीलाई कष्ट र भय, कन्या राशीलाई धन हानी हुने, धनु राशीलाई अनिष्ट देखिन्छ । मकरराशीमा नै ग्रहण घटित हुने भएकाले अनिष्ट देखिन्छ । मिन र तुला राशीलाई वरदान सावित, वृश्चिक लाभदायक हुने देखिन्छ । वृष र कुम्भमा सामान्य प्रभाव रहेको छ । चन्द्र ग्रहणमा के गर्न हुने के नहुने ? यो चन्द्र ग्रहणको सुतक समय सम्म भगवानको आराधना गरेर खासै फल पाईदैन । भोजन, सयन, लेनदेन तथा संभोग गर्दै नगर्ने, कसैको कुभलो नसोच्नुहोला । शुभत्वको कामना गर्नुहोला ।