काठमाडौंमा ५११ सहित उपत्यकामा थपिए ६४७ कोरोना संक्रमित

असोज ६, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४७ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ कोरोना संक्रमित थपिएका छन् । जसअनुसार काठमाडौंमा १७३ महिला र ३३८ पुरुष, भक्तपुरमा २२ महिला र ४१ पुरुष, ललितपुरमा २७ महिला र ४६ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।  सोमबार काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ गरी उपत्यकामा ६७४ कोरोना संक्रमित थपिएका छन् । आइतबार काठमाडौंमा ६०२ , भक्तपुरमा १०१ र ललितपुरमा ६४ गरी उपत्यकामा ७६७ कोरोना संक्रमित थपिएका थिए । शनिबार काठमाडौंमा पाँच सय ७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना गरी ७११ कोरोना संक्रमित देखिएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.