बोक्सीको आरोपमा यातना दिनेलाई कारवाही गर्न महिला सङ्घको माग

असोज ६, काठमाडौं । अखिन नेपाल महिला सङ्घले मूर्तिदेवी यादवलाई बोक्सीको आरोपमा यातना दिनेलाई कारवाहीको माग गरेको छ ।

सङ्घकी संयोजक अमृता थापा र सहसंयोजक सीता पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै सिरहाको नवराजपुर गाउँपालिका–५ कसुन्डी निवासी ४५ वर्षिया यादवलाई कथित बोक्सीको आरोपमा मलमुत्र खुवाइ क्रुर यातना दिएर गम्भीर घाइते बनाएको प्रति ध्यानाकर्षण भएको जनाउँदै कारवाही गर्न माग गरेका हुन् । उनीहरुले विज्ञप्तिमा कथित वोक्सीको नाममा यस्तो अपराधिक कार्य गर्नु महिला हिंसा र मानव अधिकार उल्लंघनको भएको जनाउँदै समाजका भद्र तथा अगुवा भनिएकाबाट भएको यस्तो बर्बर यातनाप्रति घोर निन्दा र भर्त्सना गरेका छन् ।

गत भदौ २९ गते गाउँको एउटा बच्चा बिरामी भएको, अर्को एक जनाको चट्याङ लागेर निधन भएको र पोखरीमा डुबेर एक छिमेकीको निधन भएको घटनामा यादवलाई कथित बोक्सीको ओरोपमा यातना दिइएको थियो । विज्ञप्तिमा मूर्तिदेवीमाथि हिंसा गर्ने स्थानीय धर्मनाथ यादव, उनका छोरा सन्तोष र सोही ठाउँका देवनाथ यादव, कृष्ण यादव, ब्रह्म यादव लगायत घटनामा संलग्न व्यक्ति अझै पनि निर्वाध र स्वतन्त्ररुपमा घुमिरहेका हुँदा उनीहरुलाई गिरफ्तार गरि कानूनी दायरामा ल्याई कडा भन्दा कडा कारवाहीको माग गरिएको छ ।

यादवको स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श र क्षतिपूर्तिसहित पारिवारिक र सामाजिक पुर्नस्थापनाका लागिसमेत माग गरिएको छ । “संविधानमा समानताको हक, महिलाको हक, लैङ्गिक विभेद विरुद्ध कानूनी व्यवस्थाका साथै राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोग लगायतका संरचनागत व्यवस्था हुँदाहुँदै पनि त्यसको प्रभावकारी कार्यान्वयनमा अझै समस्या रहँदै आएको छ”, विज्ञप्तिमा भनिएको छ, “जसका कारण महिलामाथि बेला–बेलामा यस किसिमका अन्धविश्वास र आग्रह पूर्वाग्रहका रुपमा हुने गरेका चरम हिंसा र ज्यादती सामाजिक कलंकका रुपमा रहँदै आएका छन् ।”रासस

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.