नेकपा सचिवालय बैठक पेरिसडाँडामा बस्दै

असोज ४, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पेरिसडाँडामा शुरु भएको छ । दुई पार्टी एकतापछि नेकपाको सचिवालय बैठक पेरिसडाँडामा पहिलोपटक बसेको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार विष्णुप्रसाद सापकोटाका अनुसार बैठक ११ः३० बजे शुरु भएको हो । कार्यदलले तयार पारेको प्रतिवेदनलाई गत भदौ २६ गतेको स्थायी कमिटी बैठकले सर्वसम्मत पारित गरेपछि अध्यक्षद्वय केपी शर्मा ओली तथा अध्यक्ष प्रचण्डले परिमार्जनसहित प्रस्ताव तयार पारी भदौ २९ गते अन्तरपार्टी निर्देशन गर्नुभएको थियो । सो प्रस्तावमा भएको व्यवस्थाअनुरुप पार्टीको कामलाई व्यवस्थित बनाउन तथा पार्टीको आन्तरिक बाँकी एकता प्रक्रिया टुङ्गोमा पु¥याउन आजको बैठकमा छलफल हुने बताइएको छ । अध्यक्षद्वयको प्रस्तावमा असोज महिनाभित्र पार्टीको बाँकी एकता प्रक्रिया टुङ्गो लगाइसक्ने प्रतिवद्धता गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.