ज्ञानकाजी तामाङ,
असोज ३, काठमाडौँ । मुटुरोगी पार्वती तामालाई आर्थिक सहयोग प्राप्त भएको छ । विगत २ वर्षदेखि मुटु सम्बन्धि रोगको कारणले थला परेर बसिरहेकी काभ्रेपलाञ्चोक जिल्ला रोशि गाउँपालिक –३ का २२ वर्षिय पार्वती तामाङको उपचारको लागि “पार्वती तामाङ बचाउ अभियान”का अभियान्ताहरुले शनिबार काठमाडौमा एक कार्यक्रम आयोजना गरि रु २०,३५,८२६ ( बिस लाख पैतिस हजार अठ सय छब्बीस) रुपैयाको चेक उनका बुबा काले तामाङलाई हस्तान्तरण गरेको छ ।
उक्त रकम छाप सामुदायिक बचत सहकारी संस्थाका अध्यक्ष सार्किमान तामाङले हस्तान्तरण गरेको हो । आर्थिक अवस्था कमजोर भएको तामाङ परिवारमा छोरी बिरामी भएपछि दैनिक छाक टार्न समेत धौधौ अवस्थामा पुगेको थियो । गत जुलाई २०२० देखि सुरु गरेको “पार्वती तामाङ बचाउ अभियान” को संयोजक बनेर छाप सामुदायिक बचत सहकारी संस्थाले बिभिन्न सामाजिक अभियान्ता, समाजसेबी, व्यापारी र बिभिन्न संस्थाहरुले सहयोगमा सो रकम जम्मा गरेका थिए । अभियानमा बिभिन्न मुलुकमा बसोवास गर्ने प्रवासी नेपालीहरु र समाजले सहयोग गरेको छ ।

जस अनुसार तिर्थ थिङको संयोजकमा कतार, छिरिङ तामाङ र अमृत आमाङ दुबई, गुन्जमान लोप्चन साउदी अरब, सुनिता थापा ओमान, तामाङ समाज जापान, काभ्रेलि समाज जापान, शेरेबहादुर बल साईप्रस र चन्द्र लामा, रोषन दोङ, गणेश अधिकारी, छेवाङ लामा, धर्मलाल तामाङ, एक्का लामा आदि समाजसेविहरुले नेपालबाट प्रत्यक्ष र अप्रत्याक्ष रुपमाा सहयोग गरेको आयोजकले जानकारी दिए । बिरामी छोरिको लागि जम्मा भएको रकम लिदै बिरामीको बाबु काले तामाङले आफ्नो छोरिको उपचारमा आर्थिक सहयोग गरेर छोरिलाई पुर्न जीवन दिने सम्मुर्ण सहयोगी हातहरुलाई धन्यावाद दिदै अगाडि भने “सरकारले केहि नगरेको अवस्थामा पनि हामी जस्ता गरिबहरुलाई सहयोग गरेर बचाउने सामाजिक एकता देखेर धेरै खुसि भएको छु । यसले मेरो छोरीको जीवन मात्रै बचाएनन् संसारमा गरिबको पनि जीवन बचाउने भगवानको जस्तै हातहरु हुदोरहेछ भन्ने देखाएको छ ।”

