असोज ३, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७११ कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौंमा ५७० कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शनिबार भक्तपुरमा ८३ र ललितपुरमा ५८ कोरोना संक्रमित थपिएका छन् । यसैबीच पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २०४ संक्रमित थपिएका छन् । १० हजार ३३३ पीसीआर परीक्षण गर्दा १ हजार २०४ संक्रमित थपिएका हुन् ।
सोही अवधीमा १ हजार ४४७ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । यसमध्ये ४५ हजार २६७ संक्रमित निको भएर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा नेपालमा ११ कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४०१ पुगेको छ ।

