गाँजासहित ४ जना पक्राउ

असोज २, तनहुँ । आबुखैरनी गाउँपालिका– ४ बाट ३ किलो २४० ग्राम अवैध लागूऔषध गाँजासहित ४ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा स्याङजा घर भएका २८ वर्षीय रोसन गुरुङ, गोर्खा घर भएकी १९ वर्षीया पुजा गुरुङ, कास्की पोखरा महानगरपालिका८ बस्ने ३९ वर्षीय सुरज बिश्वकर्मा र पर्वत घर भई पोखरा सृजनाचोक बस्ने १८ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.