“सरकारले घरभाडा सम्बन्धि स्पष्ट मापदण्ड र लकडाउन अवधिको भाडा छुट दिन निर्देशन नदिएसम्मा हामी जस्तो आम नागरिकले दूव्र्यहार मात्रै हैन ज्यानै समेत मुगाउनु पर्ने हुन सक्छ”।
ज्ञानकाजी तामाङ,
भदौ ३०, काठमाडौँ ।
१४ महिना अघि देखि काठमाडौको कीर्तिपुरमा –७ भाजंगलमा डेर गरि बस्ने भारत बिहारका ४२ वर्षिय शम्भु महतो गत शुक्रबर घर बेटी प्रेम महर्जन संगको बिबादमा ज्यान गुमाउन पुगे । लकडाउनले गर्दा कोठा भाडा तिर्न नसकेको कारणले घरबेटीले कचकच गरेपछि बिहिबार सापाटी गरेर १२ हजार रुपैया भाडा बुझाए तर भाडा लिई सकेपछि घरबेटीले कोठा छाड्न दवाव दिएको र सोहि विषयमा चर्केको बिबादले गर्दा घरबेटीले चिर्पटले प्रहर गरेर महतोको हत्या गरे । घरबेटीलाई प्रहरीले पक्राउ गरिसकेको छ तर ज्याला मजदुरि गरेर परिवार पाल्नुपर्ने महतोको मृत्यु भएपछि श्रीमती, २ छोरा र एक छोरि अहिले बिचल्लीमा परेको छ ।
सिन्धुपाल्चोक खाडिचौरका बिक्रम ताामाङ काठमाडौ दक्षिण ढोकामा डेर गरि बसेको बषौ भयो । दैनिक ज्यालामजदुरी गर्दै पढ्दै आएको बिक्रमले लकडाउन अगाडि महिना मरेको भोलिपल्ट घरभाडा बुझाउथे तर लकडाउनले काम बन्द भएपछि ६ महिनाको घरभाडा तिर्न सकेनन् । गत हप्ता नेपाल प्रहरीमा साई पदमा कार्यरत घरबेटि प्रकाश कार्कीले भाडा नतिरेको विषयमा बिबाद हुदा उनि माथि हातपात र दुव्र्यवहार मात्रै गरेनन् पद र पहँुचको आधारमा बौद्ध चौकिमा लगेर १ महिना भित्र घरभाडा तिरेर कोठा खालि गनुपर्ने कागज समेत बनाए ।
ललितपुरको सातदोबाटो, नाष्ट पछाडि डेर लिएर बस्ने मिना श्रेष्ठ पेसाले शिक्षिका हुन । बिगतमा प्रत्येक महिनाको घरभाडा समयमा नै तिर्दै आईरहेको थियो तर लकडाउनको कारणले अहिले २ महिनाको घरभाडा तिर्न सकेको छैन । घरबेटिले सबै पैसा तिरेर तुरुन्त कोठा खालि गर्न दबाब दिदै कहिले गेटमा ताला लगाउने, पानी बन्द गर्ने र कहिले कोठा खोज्ने नया मानिसहरु ल्याएर उनिहरुको अगाडी गालि गलौज गर्ने जस्ता अभद्र व्यावहार गर्छन । एक छोरीसँग बिगत केहि बर्षदेखि सो घरमा बसिरकेको उनले घरबेटीले मानासीक पिडामा दिएको बताइन् । उनले भनिन् “घर बेटीले बिबादमा हत्या समेत गरेको समचार सुन्दा डर लागेर आउछ , कतै आफु माथि पनि उस्तै घटना घट्ने त हैन ” उनले अगाडि थपे “जो कसैले चाहेर वा वेवास्ताले यो अवस्था आएको हैन, घरबेटीहरुको ज्यादातीमा जबसम्मा सरकारले हस्तक्षेप गर्दैन तब सम्मा भाडावालाहरु अन्यायमा परिरहन्छन् पीडितहरुको भन्छन् । सरकारले घरभाडा सम्बन्धि स्पष्ट मापदण्ड र लकडाउन अवधिको भाडा छुट दिन निर्देशन नदिएसम्मा हामी जस्तो आम नागरिकले दूव्र्यहार मात्रै हैन ज्यानै समेत मुगाउनु पर्ने हुन सक्छ”।
माथिको द्धन्दका उदाहरण त केवल नगन्या प्रतिनिधी घट्ना मात्रै हुन । गतबर्षको चैत ११ गते देखि सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जारि गरेको लकडाउनको कारणले रोजगारी र व्यापार व्यावसाय बन्द भएपछि उपत्यकामा डेरा गरि बस्ने करिब ३० लाख नागरिकको अहिलेको समस्या भन्नु नै कसरी घरभाडा तिर्ने भन्ने हुन पुगेको छ । सरकारले लकडाउन अवधीको घरभाडा छुट दिन आग्रह त गरेका छन्् तर सरकारको आग्रह कुनैपनि घरधनिहरुले मानेका छैनन् । एक तथ्यंक अनुसार उपत्यकाको करिब ४० % सटरहरु भाडा तिर्न नसकेको कारणले खालि गरिसकेको छन् भने उस्तै संख्यामा डेरा समेत खाली गरिसकेको छ । यहि अवस्था रहे अधिकांश व्यापारीहरु सडकमा आउने देखिन्छ । व्यापारिक क्षेत्र ठमेल, न्युरोड, दरबारमार्ग, पाटान नयाबानेश्वर, कोटेश्वर चाबहिल क्षेत्रमा भाडा महँगो हुने र बिगत लामो समयदेखि व्यापार व्यावसाय बन्दा हुदा घरबेटी र भाडामा लिने बिच दैनिक जसो घर भाडाको बिषयमा झगडा लिएर प्रहरी कहाँ उजुरी लिएर आउने संख्या दिनानु दिन बढिरहेको प्रहरी प्रशासन बताउँछन् ।
भाडा तिर्न नसकेपछि कयौ भाडावाल हरुले घरबेटि सँग विवाद गरेर व्यापार गरिरहेको सटर र कोठा समेत छाडेर सडकमा बास बसेको समचार हरु थुप्रै आईरहेको छन । काठमाडौको कपन, बालउद्धार छेउको एकजना घरबेटिको राया सुन्ने हो भने सरकारको आग्रह मात्रै हैन निर्देशन समेत नमान्ने कुरा व्याक्त गरे । २ वटा घर भाडामा लगाएको उनि पेसाले त्रिचन्द्र क्याम्पसमा अध्यापन समेत गरिरहेको छन् । कोठाभाडामा बस्ने र सटरमा व्यावसाय गरिबस्नेहरुले गरेको आग्रहमा उनले कसैलाई पनि छुट दिन नसक्ने प्रतिक्रिया दिए ।
गत सात व्यापारिक क्षेत्रको संगठन नेपाल राष्ट्रिय व्यावसायी महासघंले कोरोना संक्रमणका कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण मार्काका परेको व्यावसायीलाई घरभाडा मिनाह गर्न माग गरेको छन । महासंघका अध्यक्ष नरेश कट्वालले एक विज्ञाप्ती जारी गर्दै भने “ लकडाउन र निषेधज्ञा अवधीभरको बैंक तथा सहकारी सस्था समेतको व्याज पुर्णरुपमा मिनाह गर्न, सो अवधीको घरभाडा छुट दिन र कोभिड–१९ बाट प्रभावित उद्योग, व्यापारी बचाउनको लागि ५ प्रतिशत ब्याजदरमा विना धितो ऋण उपलब्ध गराउन समेत सरकारको ध्यान आर्कषण गर्दछौ” । सरकारको ध्यान आकर्षण गर्न निकालिएको सो बिज्ञप्तीले आम व्यापारी बर्गको समस्या औल्याएको त छ तर सम्बन्धित निकायले चासो नदिदा बिज्ञप्ती केवल औपचारिकताको लागि मात्रै हुन पुगेको छ । त्यसैगरी देशैभरिको डेरवाला हरुको हक हितको लागि स्थापित भाडावाला सरोकार समाज नेपाल नामाको संस्था २०६४ सालदेखि स्थापित छ । भाडामा दिने र लिने बिच हुने द्धन्द व्यवस्थापन गरेर भाडामा बस्नेहरुलाई अन्याय पर्दा बोल्नुपर्ने सो सस्थाले आम भाडामा बस्नेहरुको आवश्यकता र समस्या भन्दा पनि राजनितिक पार्टीको भातृसंगठन जसरी सञ्चालन गरिरहेको छ । केहि घरबेटी बाट पिडित डेरवाला हरुले समस्याको बारेमा जानकारी गराउद कुनै प्रतिकृया समेत नगेरको पिडित हरुले बताए ।
औपचारिक तथा अनौपाचारिक रुपमा बिभिन्न संघ सस्था हरुले आम नेपालीको साझा समस्याको रुपमा रहेको घरभाडा विवाद लाई बैज्ञानीक तरिकाले सम्बोधन गरेर समधान गर्नको लागि पटकपटक अनुरोध गरिसकेको छ तर सरकार भने यो समस्या नै हैन भने जसरी बसेको अवस्था छ । मजदुर वर्ग अहिले एक छाक खान खानको लागि समेत नसकेको अवस्थामा छन् । खाना नपाएपछि आत्माहत्या गरेको समचारहरु दिनानुदिन आई रहेको छ । लामो लकडाउन र निषेधज्ञाको कारणले रोजगारी गुमेको हरुले एक छाक खाना खानको लागि त ठुलो संर्घष गर्नुपरेको अवस्थमा कोठा भाडा तिर्न सक्ने अवस्था छैन । सरकारले आवश्यक अध्यान गरेर यो क्षेत्रको बिवाद मिलाउनु आवश्यक छ । घर धनिहरुको वर्तमान समस्या भनेको बैंक तथा बित्तिय संस्थामा ऋण तिर्नु हो भनेर भनिरहेको छ । यदि सरकारले उनिहरुको समस्या समधानको लागि बैंकमा तिर्नुपनर्ने किस्ता बिना व्याज एक बष सारिदिने र एक बर्षको घरवाहल कर, बिजुलीको महसुलमा छुट दिएर घरल धनिहरुलाई पनि राहात दिएर यो बिषयमा जब सम्मा सरकारले निर्देशनात्मक कदम चालिदैन तब सम्मा मिना श्रेष्ठ हरुले दुव्र्यवहार र शम्भु महतो जस्ताहरुले ज्यान गुमाउनु नपर्ला भनेर भन्न सकिन्न ।

