साउन ९, काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको ३७ औँ स्मृति दिवस जापानको राजधानी टोकियोमा शनिवार विविध कार्यक्रम गरि मनाएको छ ।
टोकियो जापान जन सम्पर्क समिती द्वारा आयोजित उक्त कार्यक्रममा प्रमुख अथितिको रुपमा नेपालबाट पुग्नुभएका राष्ट्रिय बी.पी. संग्रहालय सुन्दरीजलका संस्थापक अध्यक्ष पर्शुराम पोखरेलले बिपीले नेपालको लोकतान्त्रिक आन्दोलन, लोकतान्त्रिक समाजवाद र नेपाली साहित्य क्षेत्रमा पुर्याएको योगदान अविस्मरणीय रहेको उल्लेख गरे । विसं २०१७ पुस १ गतेको ‘कू’ पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई २०२५ सालसम्म सुन्दरीजल बन्दीगृहमा राखिएको थियो । अध्यक्ष पोखरेलले सुन्दरीजल बन्दीगृहलाई साहित्य, राजनीति र दर्शनको त्रिवेणीधामका रुपमा विकास गरिने बताए ।
पछिल्लो समयमा नेपाली काँग्रेसभित्र देखिएका गुठका कारण पार्टी कमजोर भएको भन्दै त्यहाँ आयोजीत सो कार्यक्रममा बीपी स्मृति दिवस तथा कांग्रेस जागारण अभियान निम्को यात्रा समेत सञ्चालन गर्दै आएको आयोजक समितिले जानकारी दिए । गुठबन्दी मुक्त काँग्रेस, हाम्रो राम्रो काँग्रेस भन्ने नारा सहित अभियान सञ्चालन गर्दै पार्टीभित्रको विकृतिलाई हटाउन सम्पर्क समितिले सो कार्यक्रमको आयोजना गरिएको बताए ।
कार्यक्रममा समितीका अध्यक्ष रोशन के.सी., बी.पी चिन्तन एवं गणेशमान प्रतिष्ठान जापानका अध्यक्ष बलराम श्रेष्ठ, ,नारायण सुबेदी ,महेश, श्रेष्ठ, डी.पी कणेल, भूपी गोबिन्द श्रेष्ठ, उपाध्यक्षहरू पुस्कर जंग थापा,रामकृष्ण बम मल्ल, नवराज थापा,पिताम्बर चापागांई लगायत थुप्रै नेपालीहरुको सहभागी रहेको जनाए । कार्यक्रममा नेपाल–जापानबीच नेपाली सुमधुर सम्बन्ध कायम गराउन त्यहाँ स्थित प्रशिद्ध कलाकार तथा नेपाली कलाकारहरुद्वारा साँस्कृतिक कार्यक्रम प्रस्तुत गराएका थिए ।