बौद्ध नयाँवस्तीको खाजा पसलमा एक पुरुष मृत अवस्थामा फेला

भदौ २८, काठमाडौं । काठमाडौं बौद्ध नयाँवस्तीमा खाजा पसलमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । खोटाङ सिम्देलका पाशाङ शेर्पा बौद्ध पाटिटार चोक नजिकको खाजा पसलमा मृत भेटिएका हुन् । बौद्ध आरुबारीमा बस्ने शेर्पा टे«किङ व्यवसायसँग जोडिएका उनका दिदि निमा शेर्पाले बताउनु भयो ।

राति मादक पदार्थ र खाजा खाएका उनले वान्ता गरेको र राती ११ बजे मृत्यु भईसकेपछि खाजा पसल संचालकले ट्याक्सिमा राख्दै गरेको क्रममा प्रहरीको गस्ति टोलिले घटनाबारे थाहा पाएको समाचार प्राप्त भएको छ । ट्याक्सि चालक र खाजा पसल सञ्चालकलाई बौद्ध प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.