बारामा अनौठो बच्चा जन्मिएपछि पैसा चढाउने र दान दिनेको भिड

मनोज शाह,
भदौ २७, बारा । बारामा अचम्मको एक बच्चा जन्मिएका छन् । त्यस प्रकारको बच्चा जन्मिएसँगै पैसा चडाउने र दान दिनेको भिड लागेको छ । खैरवा निवासी असिता माझीले १८ बर्षको उमेरमा पहिलो सन्तानको रुपमा जितपुर हेल्थपोस्टमा अस्वभाविक किसिमको बच्चा जन्मे पछि पैसा चढाउने र दान दिने भिड लागेको हो ।

बारा जिल्लाको जितपुर सिमरा उप महानगरपालिका ११ खैरवा मा अस्वभाविक किसिमको बच्चा जन्मेपछि जनमासले बिभिन्न अड्कलहरु काटि रहेको समयमा मेडिकल बिज्ञानले भने जनमानसले गरेको अडकल भ्रम पुर्ण रहेको जनाएको छ । सिमरा अस्पतालका डा, मन्जु रोयले लाखौंमा एक यस्ता प्रकारका बच्चा जन्मिने बताइन । बच्चा गर्वमै रहँदा दुसित खानपान र स्वच्छ बाताबरणको अभाब भएमा यस्ता बच्चा जन्मने जनाइएको हो ।

यसै गरि सिमरा युवा समाजले सुत्केरी परिवारको आर्थिक अवस्था नाजुक रहेकोले एक महिनालाई पुग्ने खाध्यन्न रासन समेत बितरण गरेको छ । युवा समाजका अभियान्ताहरुले यस क्षेत्रमा लामो समय देखि असाह्य दुखि गरिब परिवारलाई राहत बितरण गर्दै आएको छ । समाजका युवाहरु शुशिल ढकाल,श्री राम रेम्मी, आर के भटराई, रबिन्द्र खकुरेल,राजकुमार न्यौपाने, राजन राउत, कृष्ण लगायतले ले माझीको घरमा गएर खाध्यन्न बितरण गरेका हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.