महिला लिग फुटबलमा एपीएफ र रौतहटको जित

साउन ९, काठमाडौं । उपराष्ट्रपति महिला लिग फुटबल प्रतियोगितामा विभागीय टिम एपीएफ र रौतहटले जित हात पारेका छन् । ललितपुरस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा एपीएफले काठमाडौंलाई १०–० गोलले पराजित गरेको हो ।

एपिएफको जितमा सावित्रा भण्डारीले ह्याट्रिक गोलसहित ५ गोल गरिन् । सावित्राले खेलको ३२, ५१, ६१, ८४ र ८५ औं मिनेटमा गोल गरेकी थिइन् । अनिता केसीले ह्याट्रिक गोल गरिन् । उनले ह्याट्रिक गोल गर्ने क्रममा खेलको दोस्रो मिनेटमा, २०औं र ३० औं मिनेटमा गोल गरिन् । त्यस्तै, अनिता बस्नेत र अनु लामाले समान १ गोल गरिन् ।

त्यस्तै, बुधबार नै भएको अर्को खेलमा रौतहटले विभागीय टिम पुलिसलाई १–० गोलले पराजित गरेको छ । अस्मिता बैद्यले खेलको १२ औं मिनेटमा गोल गरिन् ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.