गाउँपालिकाका अध्यक्षलाई कोरोना सङ्क्रमण

भदौ २५, सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कवीन्द्रकुमार केसीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा भदौ २४ गते गरिएको पिसिआर परीक्षणमा उनलाई सङ्क्रमण पुष्टि भएको हो।

केही दिनयता रुघाखोकीको लक्षण देखिएपछि उनले कोरोनाको आशङ्कामा वीरेन्द्रनगर आएर परीक्षणका लागि स्वाब दिएका थिए। कोरोना महामारी नियन्त्रणमा खटिँदै आएका अध्यक्ष केसी हाल सिम्तास्थित बागेश्वरी माध्यमिक विद्यालयको आइसोलेसनमा बसेका छन्। उनले आफूलाई सामान्य रुघाखोकीबाहेक अन्य लक्षण नदेखिएको बताए। ुअहिले आइसोलेसनमा छु, स्वास्थ्य अवस्था सामान्य छु, उनले भने,“उच्च मनोबलका साथ कोरोना जितेर फर्कन्छु।ु

अध्यक्षलाई सङ्क्रमण देखिनेबित्तिकै उनको नजिकको सम्पर्कमा रहेका जनप्रतिनिधि र कर्मचारी क्वारेन्टिनमा बसेका छन्। उनीहरुको स्वाब सङ्कलन गर्ने र एक साता गाउँपालिका कार्यालय सिल गर्ने तयारी भइरहेको अध्यक्ष केसीले बताए। –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.