भदौ २४, काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारदेखि सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गर्ने निर्णय भएको छ ।
जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गर्ने निर्णय बुधबारको बैठकले गरेको हो ।
सार्वजनिक सवारीको सवालमा भने १६ सिटभन्दा बढी क्षमता भएकाले थोरै यात्रु राखेर चलाउन पाइने भएको छ ।
ट्याक्सीको हकमा चालकसहित ३ जनासम्म चलाउन पाइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले जारी गरेको आदेशमा भनिएको छ ।
त्यसैगरि सीडीओले जारी गरेको आदेश अनुसार अब तरकारी, दुध तथा खाद्यवस्तुका पसलहरु बिहान ११ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म खोल्न पाइने व्यवस्था छ ।
यो आदेशमा काठमाडौंमा विभिन्न किसिमका पसलहरु कुन बार खोल्न पाइने भन्ने उल्लेख गरिएको छ । सपिङ मल, फेन्सी, जुत्ता, कस्मेटिकका पसलहरु स्वास्थ्य मापदण्ड अपनाइ सातामा सोमबार, बुधबार र शनिबारमात्र खोल्न पाइने निर्णय प्रशासनले गरेको छ ।
यस्तै, भाडा र भान्साका सामाग्रीका पसल आइतबार मंगलबार र शुक्रबार खोल्न पाइनेछ । यस्तै, फर्निचर र अटोबाइलका पसल सोमबार र बुधबारमात्रै खोल्न पाइनेछ । थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

