थप एक हजार ८१ जनामा सङ्क्रमण पुष्टि, मंगलबार ९१८ निकाे भए

भदौ २४, काठमाडौँ । नेपालमा कोभिड–१९ का एकहजार ८१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको पीसीआर परीक्षणबाट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

थपिएका सङ्क्रमितसँगै देशभरि कुल सङ्क्रमितको सङ्ख्या ४९ हजार २१९ पुगेको हो । सकृय सङ्क्रमित १५ हजार २५ रहेका छन् । प्रवक्ता डा. गौतमले हालसम्म ३३ हजार ८८२ जना कोभिड–१९ सङक्रमित निको भएर घर फर्केको बताउनुभयो । पछिल्लो चौबीस घण्टामा नौसय १८ जना निको भएका छन् ।
आइसोलेसनमा १५ हजार २५ रहेका छन् । क्वारेन्टिनमा पाँचहजार ४८० जना सङ्क्रमित रहेका छन् । पछिल्लो चौबीस घण्टामा छ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा तीनसय १२ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार मृत्यु हुनेमा तीन महिला र तीन पुरुष छन् । विश्वभरमा हालसम्म दुई करोड ७७ लाख ५३ हजार ६८ जना सङ्क्रमित छन् ।

आत्महत्या कम्तीमा २० प्रतिशत वृद्धि
नेपालमा कोरोना भाइरसको महामारीसँगै आत्महत्या गर्ने २० देखि ३० प्रतिशत बढेको प्रवक्ता डा गौतमले बताउनुभयो । आत्महत्या गर्ने व्यक्तिले पहिले नै परिवार, आफन्त वा साथीभाइलाई पूर्वसङ्केत दिने गरेको पाइएको छ । नजीकैका ती व्यक्तिले यसलाई मजाकका रुपमा लिने गरेको पाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यस्ता व्यक्तिलाई सकारात्मक विकल्प देखाएर र आवश्यक पर्दा मनोचिकित्सकसँग परामर्श गराएर बचाउन सकिन्छ ।”

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.