सङ्क्रमणका कारण पोखरामा महिलाको मृत्यु

भदौ २३, पोखरा । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण आज पोखरामा एक महिलाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नं १० की ७३ वर्षीया महिलाको कोरोना भाइरसको सङ्क्रमण भई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रको आइसियुमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक प्रा.डा. अर्जुन आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार ती महिलाको दिउँसो मृत्यु भएको हो । यो अस्पतालमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेमा ती महिला नवौं व्यक्ति रहेको अस्पतालले जनाएको छ । अहिलेसम्म गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमणका कारण २१ जनाको मृत्यु भइसकेको छ ।–रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.