कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण

भदौ २३, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ। उनलाई आज कोरोना संक्रमण पुष्टि भएको हो । तर उनलाई कोरोनाको कुनै लक्षण भने देखिएको छैन । उनलाई कोरोना कहाँबाट सरेको हो भन्ने पनि थाहा हुन भने सकेको छैन । कोइरालालाई संक्रमण भएको पुष्टिसँगै शुभचिन्तकहरुले स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।

गत भदौ १२ गते काँग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीलाई पनि कोरोना भएको थियो । उनी भने अहिले ठिक भइसकेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.