७५ जना पत्रकारहरूलाई स्वास्थ्य–सुरक्षा सामग्री प्रदान

भदौ २२, काठमाडौँ । निशानदेवी मिडिया प्रा.ली.ले पत्रकारहरुलाई प्रेस ज्याकेट, मास्क, फेस शिल्ड र ग्लभ्स प्रदान गरेको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा सामाजिक दूरी कायम गर्दै आयोजना गरिएको एक कार्यक्रमकाबीच उक्त सामग्रीहरु पत्रकारहरुलाई प्रदान गरिएको हो ।

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट र रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाबाट संयुक्त रूपमा ती सामग्रीहरू पत्रकारहरुलाई प्रदान गरिएको हो । निशानदेवी मिडिया प्रा.ली.का अध्यक्ष एवम् निशानन्यूज डटकमका सम्पादक गोपाल बराईलीको सभापतित्वमा आयोजित कार्यक्रममा ७० जना पत्रकारहरुलाई उक्त सामग्री प्रदान गरिएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले सरकारले कोभिड–१९ को बेलामा रोजगारबिहीन भएका पत्रकारहरुलाई आर्थिक सहायता र राहत नदिएको गुनासो पोखेका छन्।

राज्यले सञ्चारकर्मीहरुलाई सञ्चारकर्मीजस्तो व्यवहार नगरेको बताउँदै राज्यले वास्ता नगरेपनि आफैं सुरक्षित हुँदै जनताको लागि सही सूचना सम्प्रेष्ण गर्ने दायित्वमा खरो उत्रिन देशभरिका पत्रकारहरुलाई आग्रह गरेका छन् । उनले आजसम्म १०० जनाभन्दा बढि सञ्चारकर्मीहरु कोरोना भाइरसबाट संक्रमित भैसकेको उल्लेख गर्दै यस्तो बेलामा जोगिएर काम गर्नुपर्ने धारणा राखे ।  त्यस्तै, रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले सञ्चारकर्मीहरु कसैको लहैलहैमा नलगाी सही सुचना प्रवाह गर्ने काममा खटिनुपर्ने बताए । उनले रिपोर्टर्स क्लब सबै सञ्चारकर्मीहरुको पक्षमा रहेको र सधैं पत्रकारहरुको हित चाहेको विश्वास दिलाए । उनले निशान मिडिया प्रा.ली.का अध्यक्ष बराईलीले राम्रो काम गरेको भन्दै हृदयदेखि नै धन्यवाद दिएका छन् ।

बराईलीका अनुसार आफ्नो संस्थाले आज वितरण गरेका सामग्रीहरु घ्याल्सुम्दो सेवा संस्था अमेरिकाका पूर्व अध्यक्ष छिरिङ राप्के लामा, घ्याल्सुम्दो सेवा संस्था अमेरिकाका अध्यक्ष निमा लामा, महासचिव छोन्जोम लामा, ढोक्प्य किदुग अमेरिकाका सदस्य दावा शेर्पा, सञ्चारकर्मी मुकुन्द सुवेदी, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङ, नेपाली कांग्रेसका युवा नेताहरु ज्ञालन थापा, शिव ढकाल, टकबहादुर रुवाली, एनआरएनए अमेरिकाका युवा संयोजक विनोद रुवालीले अमेरिकाबाट व्यक्तिगत रुपमा आर्थिक सहयोग पठाएको रकमबाट किनिएको हो ।

आफ्नो संस्थाले कोरोना संक्रमणबाट बढि प्रभावित जिल्लाहरुमा पनि यी स्वास्थ्य–सुरक्षा सामग्री प्रदान गर्ने तयारी गरेको बराईलीले जानकारी दिएका छन् । बराईलीले देशभरिका पत्रकारहरुलाई जनस्वास्थ्यका मापदण्ड अपनाएर जनतालाई सुसुचित गर्ने काममा आफूलाई तल्लिन राख्नको लागि आग्रह गरेका थिए ।  आजको पत्रकार सम्मेलनको सञ्चालन निशान न्यूज डटकमकी उप–सम्पादक शोभा अर्यालले गरेकी थिईन भने स्वागत मन्तव्य सुरज गौतमले राखेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.