साउन ८, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आफु महिला हकहित र अधिकार स्थापितका लागि योगदान पु¥याउँदै आएको बताएका छन् । मन्त्री तामाङले आफ्नो राजनीतिक जीवनमा समानता र न्यायको पक्षमा वकालत गर्दै मुलुकको कानुनमा महिला वंशाको अधिकार प्राप्तिका लागि महत्वपूर्ण योगदान समेत पु¥याउँदै आएको उल्लेख गरे ।
आज मन्त्रालयमा पत्रकार सम्मेल गर्दै मन्त्री तामाङले भने– ‘छोरीको अंशा र वंशा आमाको नामबाट नागरिकता प्रदान गर्ने सम्बन्धम मैले बोलेको थिएँ, अहिले त्यो पक्ष कार्यान्वयनमा आएको छ ।’ ‘आफु नेपाली नारीको अस्मिताको रक्षा, अधिकार तथा सम्मानका लागि कानुन निर्माणमा निरन्तर लागिरहेको र जीवनभर लागिरहनेछु’ मन्त्री तामाङले भने । केही दिन अगाडी एक कार्यक्रममा बोलेको विषयलाई लिएर चौतर्फी विवाद आएपछि आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी आफुले मन्त्री पदबाट राजीनामा दिएको घोषणा गर्दै आफ्नो कारण सरकार र आम नागरिकलाई असहज हुन्छ भने आफु नैतिक रुपमै पदमा बस्न नहुने जिकिर गरे । मन्त्रीले तामाङले भने– ‘देशको भ्रष्ट्रचार, अनिमियतता अन्त्य गर्न र सुशसान ल्याउँनकै लागि राजीनामा दिएको हुँ ।
मन्त्री तामाङले अहिले मौलिक हकको कानुन कार्यन्वयनको पक्षमा रहेको बताउँदै सार्वजनिक पद धारण गर्नेहरुले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुन संसोधन गर्ने प्रक्रियामा दर्ता भइसकेको छ–उनले भने । आफु मन्त्री भएपछि सम्पत्ति विवरण बुझाएको र सार्वजनिक पदमा रहेका सबैले आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्नेमा जोड दिदै भने–“सार्वजनिक पद धारण गरेका व्यक्तिले मुलुकको सुशासनका लागि सम्पत्ति विवरण बुझाउनुपर्छ, न्यायालयमा सुधार ल्याउनका लागि सम्बद्ध कानूनमा सुधार ल्याउँनुपर्छ ।” न्यायालयको पारदर्शीता, स्वच्छता र जावाफदेहिताका काम सम्पन्न भएको बताउँदैं समृद्ध राष्ट्र निर्माणतर्फ अघि बढेको मन्त्रीले तामाङले उल्लेख गरे ।
पत्रकार सम्मेलनमा भावुक हुँदै मन्त्री तामाङले राम्रो काम गर्ने प्रयास गर्दागर्दै भवितव्य आएको यस प्रकारको परिस्थितिले आफु दुःखी तुल्याएको बताउँदै पत्रकार, आम नागरिक, पार्टी नेता, कार्यकर्ता, शुभचिन्तक तथा सिन्धुपाल्चोकवासीलाई सम्बोधन गरी आफु कुनै हालतमा विचल्ली नहुने र राज्यकोषको कुनै रकम दुरुपयोग नगर्ने प्रतिवद्धता व्यक्त गरे । उनले बोल्ने क्रममा सरकारलाई कमजोरी बनाउने प्रयास भइरहेको उल्लेख गर्दै कोही कसैले यहाँ धमिलो पानीमा माछा मार्ने काम नगर्न आग्रह गरे । राष्ट्र समृद्धिको बाटोमा हिडिसकेको छ, विभिन्न बहाना गरेर बखेडा निकाल्दै दुःख दिने प्रयास नगरी सहमतिको पक्षमा आएर आम नागरिकको हितमा लाग्न सबै राजनीतिक दलहरुलाई अनुरोध गरे । मन्त्री तामाङले आजै प्रधानमन्त्री समक्ष राजीनामा पत्र बुझाएका छन् । तर राजीनामा स्वीकृति भने हुन बाँकी नै छ । मन्त्री तामाङ सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधि सभाको निर्वाचनमा पशुपतिशम्सेर राणालाई पराजित बनाई प्रत्यक्षतर्फ निर्वाचित भएका सांसद हुन् ।