भदौ १७, नुवाकोट। । नुवाकोटमा मंगलबार रातिदेखि निजी यातायातमा जोर बिजोर प्रणाली लागू गरिएको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि जिल्ला संकट ब्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले नुवाकोटमा जोर बिजोर प्राणाली लागू गरेको हो।
बैठकको निर्णय अनुसार सार्वजनिक यातायात (बस,माइक्रो बस,जिप,ट्याक्सी) संचालन भने तत्कालको लागि नखुलाइने निर्णय गरेको छ। निजी यातायातमा जोर गते जोर बिजोर गते बिजोर नम्बरका साधनहरु संचालन गरिने भएको हो। जिल्लाभित्र देखिएको बढ्दो संक्रमण र स्वाब लिएको ब्यक्तिको नतिजा आउन बाँकी रहेकाले जोखिम न्यून गर्नका लागि जोर बिजो प्रणाली लागू गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए।

