कर्मचारीलाई मर्यादित भएर जिम्मेवारीपूर्वक सार्वजनिक सेवा प्रवाहमा लाग्न आव्हान

साउन ८, काठमाडौं । नेपाल निजामति कर्मचारी संगठनले सबै राष्ट्रसेवक कर्मचारीलाई मर्यादित भएर जिम्मेवारीपूर्वक सार्वजनिक सेवा प्रवाहमा लाग्न आव्हान गरेको छ ।

स्थानीय तह, संघ र प्रदेशमा कर्मचारी समायोजन गर्दा समस्या आइरहेका बेला संगठनले त्यस्तो आव्हान गरेको हो । संघका अध्यक्ष केदारप्रसाद देवकोटाले कर्मचारीलाई खटाएको ठाउँमा हाजिर गराउन सरकारसँग आग्रह गर्नुभयो । हाजिर नगर्ने कर्मचारीको अनुदान रोक्का गर्न पनि उहाँले सरकारलाई सुझाव दिनुभयो । तत्कालिन नेकपा (एमाले) समर्थित संगठनको चौथो केन्द्रीय बैठकको निर्णय सार्वजनिक गर्न सोमबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष देवकोटाले कर्मचारी समायोजन ऐन अनुसार नै कर्मचारी खटाउन आग्रह गर्नुभयो । साथै बजेट वक्तव्यमा घोषणा गरिएअनुसार तत्काल उच्चस्तरीय तलब आयोग गठन गर्न पनि संगठनले माग गरेको छ ।

सरकारले सञ्चालन गरेको विकासको काम समयमा सम्पन्न हुन नसक्दा जनताले दुःख पाएको बताउँदै संगठनले जिम्मा लिएर निर्माणको काम नगर्नेलाई कानूनअनुसार कारवाही गर्न सरकारसँग माग गरेको छ । एक अर्को प्रसंगमा संगठनका अध्यक्ष देवकोटाले डा। गोविन्द केसीले उठाएको मागमा कर्मचारी संगठनको सहमति नरहेको प्रष्ट पार्नुभयो । संसदीय व्यवस्थामा सबै छिनोफानो संसद बैठकबाट हुनुपर्ने ठाउँमा व्यक्तिले अनसन बसेको भरमा छिनोफानो लगाउँदा लोकतन्त्र विपरित हुने ठहर संगठनले गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.