टोकियो ओलम्पिक्स र प्यारालम्पिक्सको मस्कटको नाम घोषणा

साउन ७, टोकियो । सन् २०२० को टोकियो ओलम्पिक्स र प्यारालम्पिक्स खेलको लागि आयोजना समितिले खेलको मस्कटको नाम घोषणा गरेको छ ।आइतबार टोकियोमा आयोजित एक कार्यक्रममा आयोजना समितिले ओलम्पिक्सको मस्कटको नाम “मिराइतोवा” तथा प्यारालम्पिक्सको मस्कटको नाम “सोमेइति” रहेको जनाएको छ।

मिराइतोवा दुई जापानी शब्द “मिराइ” र “तोवा” बाट बनेको हो । जसमा “मिराइ” को अर्थ भविष्य र “तोवा” को अर्थ सदैव हो । यो शब्दले सदैव एक सुन्दर भविष्य जारी राख्दै कामनाको भाव राख्नेछ । त्यस्तै “सोमेइति” शब्द एक प्रकारको चेरीको रुख “सोमेइयोशिनो” र अंग्रेजी शब्द “सो माइटी”बाट बनेको हो । जुन शब्दको अर्थ प्यारालम्पिक्स खेलाडीको महानता तथा जापानी मानिसको चेरी फूलप्रतिको प्रशंसाको परिचय हो ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.