कोरोनाका कारण सुनसरीमा थप तीन जनाको मृत्यु

भदौ १२, सुनसरी । कोरोना भाइरसको संक्रमणका कारण सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो । प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मोरङ बेलवारीकी ५६ वर्षिय महिला र झापाको दमक नगरपालिकाका ८३ वर्षिय पुरुषको आज बिहान निधन भएको प्रवक्ता सापकोटाले जानकारी दिनु भयो । त्यस्तै सिराहा जिल्लाको सिराहा नगरपालिकाका–२ का ५५ वर्षिय पुरुषको हिजो राति मृत्यु भएको हो । मृत्यु हुने दुवै पुरुष मुटु, उच्च रक्तचाप र मधुमेहका दीर्घ रोगी रहेको बताइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.