भदौ १२, काठमाडौं । उद्योगपति तथा सांसद विनोद चौधरी कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । उहाँले आफ्नो आधिकारिक ट्वीटरसञ्जालको पेजबाट आफू सङ्क्रमित हुन पुगेको उल्लेख गरी जानकारी गराउनुभएको हो ।’
शुक्रबार मध्यान्ह उहाँले सामाजिक सञ्जालमा ट्वीट गर्नुहुँदै आफू आज बिहान परीक्षण गराएकोमा सङ्क्रमणको पुष्टि भएको उल्लेख गर्नुभएको छ । उहाँमा सङ्क्रमणको लक्षण देखिएको छैन् । चिकित्सकको सुझाबमा आफू अलग्गिएको जानकारी गराउनुहुँदै उद्योगपति चौधरीले आफ्नो सम्पर्कमा आएका सबैलाइृ सम्भाबित साबधानी अपनाउन आग्रह गर्नुभएको छ ।


