गोकर्णेश्वरमा कोरोना संक्रमितको संख्या बढ्दोः सूचना र सर्तकताको अभाव

भदौ ११, काठमाडौँ । गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । छिमेकी घरमा कोरोना संक्रमण देखिएपछि त्रासमा बसेका स्थानीयहरु नगरपालिकाले प्रभावकारी भूमिका निर्वाह नगरेको बताउँदै आएका छन् ।

काठमाडौँ जिल्लाको अन्य नगरपालिकाहरुको तुलनामा गोकर्णेश्वर नगरमा कोरोना नियन्त्रण तथा संक्रमितको व्यवस्थापनमा कमजोरी रहेको त्रासमा रहेका स्थानीयहरु बताउँछन् । नगरको वडा ५ र ६ मा सबैभन्दा बढि संक्रमितको संख्या फेला परेपछि छिमेकी स्थानीयहरु आत्तिएका छन् । यस विषयमा स्थानीय जनप्रतिनिधिले कुनै चासो नदेखाएको आरोप छ । समुदाय स्तरमै कोरोना संक्रमित भएर बसेपनि नगरपालिकाले प्रभावकारी संयन्त्र प्रयोग गर्न नसक्दा सूचनाहरु लुकाउने र संक्रमितको संख्या बढ्दै जाने सम्भावना देखेको छ ।

नगरपालिकाभित्र अनवाश्यक रुपमा हिडडुल गर्नेहरुको भीड कायमै रहदा समेत स्थानीय सरकारले कुनै चासो देखाएको छैन् । संक्रमित स्थानहरुमा पनि कन्ट्रयाक ट्रेसिङ र परिक्षण दायरामा ल्याउन नसकेकोमा स्थानीयहरु चिन्त व्यक्त गरेका छन् ।हालसम्म नगरपालिकाभित्र ७० जनालाई कोरोना संक्रमित  र उपचार भईरहेको जानकारी छ । ७० जना संक्रमितमध्ये ४७ जना पुरुष र २३ जना महिला रहेका छन् । संक्रमणको संख्या बढ्दो देखिएपनि नगरपालिकाभित्र प्रभावकारी पूर्वाधार नभएका कारण स्थानीयले आवाज उठाउन थालेका छन् ।

यसै विषयमा गोकर्णेश्वर नगपालिका प्रमुख सन्तोष चालिसेसंग कुरा गर्न खोज्दा फोन स्वीच अफ देखायो । त्यसै निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्य कृष्ण राईसंग फोन संवाद गर्न खोज्दा फोन रिसिभ भएन । त्यस्तै बाग्मति प्रदेश भौतिक पूर्वाधार मन्त्री समेत रहेका त्यस ठाउँबाट निर्वाचित रामेश्वर फुयाँलसंग कुराकानी गर्दा विश्व महामारी रुपमा फैलिएको कोरानोलाई सबै जना मिलेर रोकथाम र नियन्त्रणमा लाग्नुपर्ने बताए । महामारीलाई नियन्त्रण तथा रोकथाम गर्न केन्द्रिय, प्रदेश र स्थानीय तीन वटै सरकारहरु नागरिक समाज र जनताको पनि संयुक्त प्रयास जरुरी रहेको बताए ।

मेरो नगरको जिम्मा म लिन्छु भनेर कुर्लने नगर प्रमुखले आम सर्वसाधारण लाई घर भित्र बस्नु भन्दा बढी केही गर्न सकेका छैनन् । स्थानीय र दैनिक ज्यालादारीमा छाक टार्ने मजदुरहरुका लागि न राज्यले केही ग¥यो न स्थानीय सरकारले न दैनिक ज्यालादारी गर्ने मजदुरहरुको गुनासो छ ।

भिडियो रिर्पोट

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.