भदौ ११, काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत ३० प्रहरीमा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेमा वृत्तभित्रै रहेका २० जनपद प्रहरी र १० जना ट्राफिक प्रहरी छन् ।
महानगरीय प्रहरी परिसरका एक अधिकारीका अनुसार संक्रमित हुनेमा २ जना इन्सपेक्टर समेत छन् । काठमाडौंमा एकै वृत्तमा यति ठूलो संख्यामा कोरोना देखिएको पहिलो कार्यालय हो । पछिल्लो समय काठमाडौंमा कार्यरत प्रहरीमा कोरोना संक्रमण बढ्दै गएको पाइएको छ ।

