साउन ७, काठमाडौं । नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलका एक जिल्लास्तरीय नेता पेस्तोल र खुँडासहित पक्राउ परेका छन् । नवलपरासीका एक जिल्ला सदस्य किशोर आचार्य पेस्तोल र खुँडासहित पक्राउ परेका हुन् ।
आइतबार साँझ बर्दघाट नगरपालिका–१०, ध्रुवटोल घर भएका आचार्यलाई प्रहरीले आइतवार बर्दघाटको टिसियन चोककाट पक्रेको हो । जिल्ला प्रहरी कार्यालय, बर्दघाट सुस्ता पश्चिमका प्रहरी उपरीक्षक राजेन्द्र भट्टले शंका लागेर खानतलासी गर्दा आचार्यको साथबाट फलामको ठूलो खुँडा र पेस्तोल फेला परेपछि नियन्त्रणमा लिइएको जानकारी दिनुभएको छ ।
पक्राउ परेका आचार्यलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । आचार्यमाथि हातहतियार खरखजना अन्तर्गत मुद्दा चलाउने प्रहरीको तयारी छ ।