झापामा सुरक्षाकर्मी र स्थानीयबीच झडप, गोली लागेर एकजना घाइते

भदौ १०, काठमाडौं । झापाको झापा गाउँपालिका ३ मा प्रहरी र स्थानीयबीचको झडप हुँदा गोली चलेको छ ।

गोरु काटेको अभियोगमा दुई जनालाई पक्राउ गरेर बिर्तामोड ल्याउने क्रममा स्थानीयले आक्रमण गरेपछि सशस्त्र प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपपछि जनपद प्रहरीको टोलीको घटनास्थल पुगेको छ । स्थिति नियन्त्रणमा लिने गरेको केही राउन्ड हवाई फायर गरेको र गोली चलेकोसमेत जनाइएको छ ।

सुरक्षाकर्मीले चलाएको गोली लागेर एकजना स्थानीय घाइते भएको प्रदेश नम्बर १ का प्रमुख डीआईजी ईश्‍वरबाबु कार्कीले जानकारी दिएका छन् । स्थानीयको आक्रमणबाट एक जना सहस्त्र प्रहरी जवान घाइते भएको डीआईजी कार्कीले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.