‘जानेबेला’ मा यस्ती देखिईन शिल्पा ( भिडियो )

भदौ १०, काठमाडौँ । गायक भिम श्रेष्ठ र गायिका मेलिना राईको युगल स्वरमा रहेको गीत ‘जानेबेला’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

सेण्टिमेण्टल भर्सनको यस गीतका शब्द राम अविरल बिस्टले लेखेका हुन्। राजन तिमिल्सिनाले संगीतवद्द गरेको यस गीतलाई शैलेन्द्र एम प्रधान (बाबु ) ले संगीत संयोजन गरेका हुन्।

चोखो माया गरेर प्रेममा धोका पाएकाहरुको कथालाई जीवन्त शैलीमा प्रस्तुत गरिएको म्युजिक भिडियोमा स्वयम् गायक भिम श्रेष्ठ र शिल्पा पोखरेल मुख्य भूमिकामा फिचर्ड छन् भने रश्मी भट्ट र बेनिश भण्डारी सहायक भूमिकामा देखिएका छन्। फराज अर्पणको छायांकन , सम्पादन र निर्देशनमा म्युजिक भिडियो तयार पारिएको हो।

‘अक्सर छाता’ बोलको गीतबाट गायनमा डेब्यु गरेका गायक श्रेष्ठले यस गीतलाई माया गरिदिन सम्पूर्ण दर्शक , स्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.