सशस्‍त्र प्रहरीमा एसपीसहित ४१२ जनामा कोरोना संक्रमण

भदौ ८, काठमाडौं । सशस्‍त्र प्रहरी बलमा एकजना एसपीसहित ४१२ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म मुलुकका विभिन्‍न स्थानमा कार्यरत ४१२ जनामा कोरोना संक्रमण देखिएको हो । सशस्‍त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार संक्रमितमध्ये १ सय ६५ जना डिस्चार्ज भइसकेका छन् । सक्रिय संक्रमितहरुमा प्रदेश १ मा २६, प्रदेश २ मा ६४, वाग्मती प्रदेशमा ५५, काठमाडौं उपत्यकामा ५६, प्रदेश ५ मा ४२, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा एकजना सक्रिय संक्रमित छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.