सामूहिक बलात्कारको घटनामा संलग्‍न एकजना पक्राउ

भदौ ७, जनकपुर । धनुषा जिल्लाको धनुषाधाम नजिक भदौ १ गते साँझ एक जना युवतीलाई सामूहिक बलात्कार गर्ने चारमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत सोमबार साँझ करिब साढे छ बजेको समयमा धनुषाधाम नगरपालिका –२, धरमपुर गाउँ नजिकै दिदीको घरबाट आफ्नो घरतर्फ जाँदै गरेकी ती २० वर्षीया युवतीलाई धरमपुरकै चार जना मिलेर नियन्त्रणमा लिई धान खेतमा लगेर बलात्कार गरेका थिए । उक्त घटनामा संलग्न मध्ये स्थानीय १९ वर्षीय विजयकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ भने अन्य तीन जना फरार छन् । उनीहरुको पनि पहिचान भइसकेको र चाँडै नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.